

गाईघाट / उदयपुरमा खानेपानी आयोजनाको उद्धघाटन भएको छ । त्रियुगा नगरपालिका वडा न. ७ शहरेमा खानेपानीको धारा उद्धघाटन गरेको हो । त्रियुगा
नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतले उद्धघाटन गर्नु भएको थियो । नगर प्रमुख बस्नेतले आफुले निर्वाचनमा गरेको प्रतिबद्धता पुरा गरेको बताउनु भयो ।
साथै आफ्नो कार्यकाल भित्र यस नगर भरि कोहि पनि जनता बिजुली बत्ति, खानेपानी लागाएतका समस्या भोग्नु नपर्ने बताउनु भयो । जनता माझ गरेको प्रतिबद्धता
आफुले ढिलो चाडो आफ्नै कार्यकालमा पुरा गर्ने पनि नगर प्रमुख बस्नेतले प्रतिबद्धता गर्नु भएको हो । कार्यक्रमामा त्रियुगा नगरपालिकाका उप-प्रमुख महेस्वोरी राई
त्रियुगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बन लगाएतको उपस्थिति रहेको थियो । स्वच्छ र सफा पानी पिउन पाउने भए पछि
कालीखोला शहरेका जनता खुसि भएको प्रमुख प्रशासकीय अधिकृत बनले बताउनु भयो ।


प्रतिकृया दिनुहोस्