
इस्मिता थापा एकदिन म ओछ्यानमै थिएँ। मोबाइलमा घण्टी बज्यो। हेरे घरबाट फोन आएको रहेछ।‘नानी, के छ? सन्चै छस् नि?,’ बाबाको आवाज
सुन्छु।‘हजुर म ठिकै छु बाबा अनि तपाईंहरू नि?’‘हामी नि ठिकै छौं। एउटा कुरा भन्नलाई फोन गरेको थिएँ।’‘कस्तो कुरा हो? भन्नु न बाबा।’‘नानी,
आजभन्दा पाँच/छ वर्ष अगाडिदेखि नै तेरो बिहे गर्ने कुरा आइरहेको छ। अब त गर् है नानी।’‘हे बाबा! गर्दिनँ अहिले म बिहे। बेहाल भएको यो जिन्दगीलाई झन् बेहाल बनाउनु छैन मलाई।’
‘के बेहाल हुन्छ र? केटा सुब्बाको जागिरे छ रे। अरु ठाउँबाट नि कुरा कति आएको छ। त्यहाँ चाहिँ मलाई मन पर्यो। जागिरे भएपछि तँलाई पालिहाल्छ
नि।’बाबालाई जवाफ दिन मन थियो- बाबा, के म गाईवस्तु हो र पाल्नलाई? तर म मौन रहेँ।
‘किन नबोलेकी?,’ बाबाले भन्नुभयो।‘नाई गर्दिनँ क्या बाबा अहिले म बिहे। बिहे नै गर्ने भए किन यस्तो दु:ख गरेर पढाउनु भएको हो? अनि मैले किन
बाबा यति दु:ख गरेर पढ्नु परेको हो नि? आखिर बिहे नै गर्दिने सोचमा हुनुहुन्थ्यो भने मलाई यहाँसम्म हजुरले ल्याउनु पर्दैन थियो।’मेरा कुराले बाबाको
चित्त दुख्यो क्यारे ‘लु लु जेसुकै गर्, भनेको कुरा चाहिँ कहिल्यै नमान्ने भइस् तैँले। अब २/३ वर्ष जे-जे गर्नुछ गर्नु, त्यहाँपछि उमेर बित्छ बेलैमा होस गर्’ भन्दै बाबाले फोन राख्नु भयो।

प्रतिकृया दिनुहोस्