शौरभ आलेमगर
वैशाख ३० उदयपुर
उदयपुरको गाईघाटस्थित त्रियुगा माध्यमिक विद्यालय ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार अधिकांश विद्यार्थीले उच्च जिपिए प्राप्त गर्दै विद्यालयको शैक्षिक स्तरलाई थप मजबुत बनाएका छन्। विद्यालयका प्रधानाध्यापक सुवास बिष्टका अनुसार कक्षा १० को एसईई परीक्षामा ३.६० देखि ४.०० जिपिएसम्म १० जना विद्यार्थी उत्तीर्ण भएका छन्।

त्यसैगरी ३.२० देखि ३.६० जिपिएसम्म ४६ जना, २.८० देखि ३.२० जिपिएसम्म ४३ जना तथा २.४० देखि २.८० जिपिएसम्म पनि ४३ जना विद्यार्थीले ल्याएका छन्।सरकारी विद्यालयका रूपमा परिचित त्रियुगा माध्यमिक विद्यालयको यस सफलताले समुदायमा खुसी छाएको छ।
पछिल्ला वर्षहरूमा सरकारी विद्यालयप्रति बढ्दै गएको विश्वासलाई यस नतिजाले अझ बलियो बनाएको स्थानीय अभिभावकहरूको भनाइ छ।प्रधानाध्यापक बिष्टले आगामी वर्षहरूमा अझ राम्रो नतिजा ल्याउने लक्ष्यका साथ विद्यालय अघि बढिरहेको पनि बताउनुभयो।




प्रतिकृया दिनुहोस्