सौरभ आलेमगर
गाईघाट / उदयपुरको गाईघाटस्थित प्याराडाइज सेकेन्डरी स्कुलका विद्यार्थीहरूले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका छन्। राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार विद्यालयका चार जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका हुन्।
विद्यालयका अनुसार ३.६० देखि ४ जीपीएसम्म ३५ जना विद्यार्थी उत्तीर्ण भएका छन्। त्यसैगरी ३.२० देखि ३.६० जीपीएसम्म ३५ जना, २.८० देखि ३.२० जीपीएसम्म १७ जना तथा २.४० देखि २.८० जीपीएसम्म ५ जना विद्यार्थीले नतिजा हासिल गरेको प्रिन्सिपल बाबुराम आचार्यले जानकारी दिनुभयो। विद्यालयले विद्यार्थीहरूको उत्कृष्ट नतिजाले विद्यालय परिवार उत्साहित बनेको जनाएको छ।साथै विद्यालय प्रशासनले सफल विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।




प्रतिकृया दिनुहोस्