गाईघाट / नेपाल पत्रकार महासंघ उदयपुर शाखाले स्थानीय सञ्चार कार्यविधि निर्माणको माग गर्दै त्रियुगा नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।आज नगर प्रमुख बसन्त कुमार बस्नेतको कार्यकक्षमा महासंघले स्थानीय मिडिया हाउस सञ्चालनलाई व्यवस्थित बनाउन स्पष्ट कार्यविधि आवश्यक रहेको भन्दै ज्ञापनपत्र बुझाएको हो ।
महासंघका अध्यक्ष भक्तिबिलास पोखरेलले स्थानीय सरकारले सञ्चारमैत्री नीति तथा कार्यविधि बनाएर पत्रकारिता क्षेत्रलाई सहज वातावरण बनाइ दिनुपर्ने बताएका थिए । ज्ञापनपत्र बुझ्दै नगर प्रमुख बसन्त कुमार बस्नेतले आवश्यक कार्यविधि तयार गरी छिट्टै कार्यान्वयनमा ल्याइने प्रतिबद्धता जनाए । उनले पत्रकारहरूलाई सत्यतथ्य र जिम्मेवार समाचार सम्प्रेषण गर्न आग्रह समेत गरेका थिए ।
उपप्रमुख महेश्वोरी राईले पत्रकारहरूको सुझावले जिल्लाको पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । साथै प्रमुख प्रशासकीय अधिकृत कुमार कोइरालाले स्थानीय कार्यविधि बनाउन ज्ञापनपत्रले टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।कार्यक्रममा त्रि.न.पा ११ का वडा अध्यक्ष सुमन्त कोइराला लगायत अग्रज पत्रकारहरूको उपस्थिति रहेको थियो ।



प्रतिकृया दिनुहोस्