


काठमाडौँ / मनकामना मन्दिरमा परेवा ल्याउन र उडाउन पूर्ण रुपमा रोक लगाउने भएको छ । गोरखा जिल्लाको सदरमुकामबाट दक्षिणपूर्वी भागमा
अवस्थित नेपालको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो । मन्दिरमा चढाइएको परेवा अत्यधिक मर्ने गरेकोले मनकामना विकास समितिले यस्तो निर्णय गरेको छन् ।
मनले चिताएको अर्थात मनको इच्छा पूरा गर्ने देवी रुपमा मनकामनालाई पुजिन्छ । मनको इच्छा पुरा गर्ने भएकोले यो देवीको नाम मनकामना रहन गएको हो भन्ने जनविश्वास रहेका छ ।
मानिसहरू अहिले पनि यो भगवती मन्दिरलाई सम्झी आफूले चिताएको काम पूरा होस भनी भाकल गर्दछन् । साथै, वर्षेनी हजारौं दर्शनार्थीहरू आफ्नो भाकल चढाउन यो मन्दिरमा पुग्छन् ।
नेपालको एकीकरण, राष्ट्रिय एकता, अखण्डता र सामाजिक सद्भाव जोडिएको यो मन्दिर गोरखा जिल्लाको पवित्र धार्मिक स्थल हो । दशैँको महाष्टमीका दिन यस मन्दिरमा विशेष पूजा गरिन्छ ।
यिनै भगवतीको कृपा र गुरु गोरखनाथको आशीर्वादले पृथ्वीनारायण शाहले विशाल नेपालको एकीकरण गर्न सफल हुनुभएको इतिहासमा उल्लेख छ ।



प्रतिकृया दिनुहोस्