
उदयपुर सदरमुकाम गाईघाट बजारको बिभिन्न सडक पेटीहरुमा अव्यवस्थित व्यापार व्यवसाय गर्दै आएका सर्वसाधरणलाई व्यवस्थित गरिने भएको छ । फुटपाथ व्यवसायले सडक दुर्घटना र पैदल यात्रुलाई बाधा पुर्याउने
गरेको भन्दै उनीहरुलाई अन्यत्र सार्न लागिएको हो । उदयपुर गाईघाटको नयाँ फलफूल बजारको चहलपहल । बजार व्यवस्थापनका लागि त्रियुगा नगरपालिका र त्रियुगा उध्योग बाणिज्य संघले सडक पेटीमा जथाभावी ब्यापार गर्ने
चटपटे तथा फलफूल ब्यपारीहरुलाई उठाएर यहाँ एकीकृत गरेको हो । त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईलीका अनुसार भदौ १६ गतेदेखि गाईघाट बजारको बिभिन्न सडक पेटीमा व्यापार थाप्दै आएका व्यापारीहरुलाई नवनिर्मित फलफूल बजारमा
स्थानान्तरण गरिने भएको छ । ‘सडकमा जथाभाबी फुटपाथ व्यापारले सडक दुर्घटना बढायो’ अध्यक्ष रसाईलीले भने, ‘पैदल यात्रुहरुका लागि बनाइएको पेटीमा समेत फुटपाथ व्यापारीले ओगटेपछि सर्वसाधरणलाई समस्याबाट मुक्त गर्न नयाँ फलफूल बजारको आवश्यकता पर्यो ।’

प्रतिकृया दिनुहोस्