
गाईघाट / जिल्ला अस्पताल उदयपुरमा रहेका ५१ जना बिरामी तथा प्रसुती गृहमा रहेका सुत्केरी महिला र शान्तिधाम उदयपुरमा रहेका
विद्यार्थी हरुलाई फलफूल बितरण गरिएको छ । उदयपुर ने.बि.संघले आफ्नो स्थापना दिवसको अवसरमा फलफूल बितरण कार्यक्रम गरेको हो ।
कार्यक्रममा ने.का उदयपुरका उपसभापति बल ब तामाङले ने.बि.संघ न्याय र समानताको आधार हो आफ्नो स्थापना दिवसको अवसरमा
बिरामीलाई फलफूल बितरण गर्नुले बिरामीलाई उर्जा र हौसला प्राप्त हुने बिश्वास राख्दै स्थापना दिवसको शुभकामना दिएका थिए ।
साथै कार्यक्रमलाई सम्बोधन गर्दै ने.बि.उदयपुर जिल्ला अध्यक्ष रोशन कार्कीले प्राज्ञिक तथा सामाजिक कार्यक्रममा ने.बि.संघले सदैव अग्रसर
रहेको सोही अनुरुप फलफूल बितरण कार्यक्रम गरिएको बताएका छन् फलफूल बितरण सङ्गै जिल्ला अस्पताल

उदयपुरमा रहेका बिरामीलाई स्वास्थ्य लाभको कामना गरेका थिए । जेल भित्र कलम र मशाल अङ्कित झण्डा निर्माण गरि आजकै दिन स्वयम्भूको सत्तलमा नेपाल विद्यार्थी संघ स्थापना भएको थियो । रास्ट्रियता,लोकतन्त्र ,समाजवादको
आदर्श बोकि कलम र मशाल अङ्कित झण्डा लिएर क्रान्तिमा आफ्नो प्राणको आहुती दिने वीर शहिदहरु कामेश्वर, कुशेस्वर , राम, लक्ष्मण, लिला, ठगी, श्यामसुन्दर, भरत खगेन्द्र, राजन गिरि लगायत तमाम ज्ञात अज्ञात
शहिदहरु प्रती कार्कीले हार्दिक श्र द्धा सुमन व्यक्त गरेका थिए । विद्यार्थीका समस्यालाई आत्मासाथ गरि साझा समस्याको रूपमा लिई समाधान र निकासमा लागि विद्यार्थी हक अधिकार सुनिश्चितताको लागि सक्रिय रहेको
ने.बि.संघ स्थापनाको ५४ औं बर्षको यात्रामा रहदा सम्म शैक्षिक आन्दोलनको नेता संगठनको रुपमा परिचित रहेको छ। लोकतन्त्र प्राप्तिको हरेक आन्दोलनको नेतृत्व गरेर आफ्नो गौरवपूर्ण इतिहास रचेको
यो संगठनले आजको समाजको आवश्यकता र परिस्थिति अनुरूप आफूलाई बदल्दै देशका लागि थप योगदान पुर्याउन सकोस् भन्दै कार्कीले ५४ औं स्थापना दिवसको शुभकामना दिएका थिए।


प्रतिकृया दिनुहोस्