

उदयपुर/जिल्लाको त्रियुगा नगरपालिकाले अनुदानमा स्थानी कृषकहरुलाई अनुदानमा दुई वटा ट्याक्टर र पानी तान्ने मोटर हस्तान्तरण गरिएको छ । मंलवार एक कार्यक्रमको आयोजना गर्दै प्रधानमन्त्र कृषि आधुनिकिकरण कार्यक्रम अन्तरर्गत वडा नम्बर ८ र ९का कृषकहरुलाई चालु आर्थिक बजेटबाट ५० प्रतिशत अनुदानमा दुई वटा ट्याक्टर र सत प्रतिशत अनुदानामा ३२ जना कृषकलाई पानी तान्ने मोटर वितरण गरेको हो ।
बर्खा सुरु भए संगै असारे खेतीपाती पातीमा व्यस्त रहने कृषकहरुलाई मध्यनगर गर्दै कृषि विकास शाखालाई ५०प्रतिशत अनुदानमा ट्याक्टर र साना सिंचाई कार्यक्रम अन्तर्गत पानी तान्ने मोटर सहित मोटर जोड्न आवस्यक समान र पाइप १०० प्रतिशत अनुदानमा प्रदान गराएको नगर कृषि शाखाले जनाएको छ ।
नगरले स्थानीय कृषकहरुको आवश्यता र माग अनुसार करिव १३ लाख पर्ने दुईवटा ट्याक्टर र १० हजार पर्ने पानी तान्ने मोटर हस्तान्तरण गरिएको त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले बताए । उनका अनुुसार नगरपालिकाले कृषि क्षेत्रमा आत्म निर्भर बन्ने उदेश्य सहित व्यवसायीक कृषी कर्म गर्नेहरुलाई कृषि औजार हस्तान्तरण गरेको प्रमुख बस्नेत बताए ।
अनुदान वितरणलाई सम्बोधन गर्दै नगरका उप–प्रमुख महेश्वरी राईले कृषिलाई आधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्रको विकासका लागि किसानका मागका आधारमा कृषि औजार वितरण सुरु गरिएको बताइन ।

प्रतिकृया दिनुहोस्