६ भाद्र २०८०, बुधबार १९:०८

गाईघाट / त्रियुगा नगरपालिकाले सेनेटरी प्याड वितरण सुरु गरेका छन् । पहिलो चरणमा एक कार्यक्रमका बीच नगर प्रमुख बसन्त कुमार बस्नेतले त्रियुगा मा.वि. गाईघाटका प्रधानाध्यापक तथा प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन् ।
नगर भित्र संचालनमा रहेका विद्यालयहरुलाई स्यानेटरी प्याड उपलब्ध गराउने नगरको अभियान अन्तर्गत आज त्रियुगा मा.वि. बाट सुरु भएको नगर प्रमुख बस्नेतले बताउनु भयो । प्रयोगसँगै फोहरको व्यवस्थापनमा ख्याल गर्न विद्यार्थीलाई बस्नेतले आग्रह गरेका थिए ।
कार्यक्रममा त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुभक्त सिग्देल, वडा अध्यक्ष तिलक कटुवाल , नगर शिक्षा शाखा प्रमुख , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पधाधिकारी, विद्यालयका प्रधनाध्यापक, शिक्षकशिक्षिका र विद्यार्थीहरु लगायत बिभिन्न महानुभावहरुको उपस्तिथी रहेको थियो ।


प्रतिकृया दिनुहोस्