

सौरभ आलेमगर
असोज ३, गाईघाट
आज संविधान दिवस विभिन्न कार्यक्रम उदयपुरमा पनि मनाइएको छ । नेकपा एमाले को भातृ संगठन अनेरास्ववियु को आयोजनामा गाईघाट स्थित पिपल चौकमा दीप प्रज्वलन गरिएको छ । कार्यक्रम
नेपाली जनताको बलिदानले प्राप्त संविधानलाई तिनै तह को सरकार ले नागरिक को मौलिक हकलाई कार्यान्वयन गर्दै सबै पक्षहरु लाग्न जरुरी रहेको अनेरास्ववियु का केन्द्रिय सदस्य तथा उदयपुर इन्चार्ज भुवन दाहाल ले बताए ।

दिप प्रज्वलन कार्यक्रममा एमाले केन्द्रिय सदस्य उदयपुर सहइन्चार्ज अम्बिका थापा , एमाले जिल्ला अध्यक्ष परमेश्वर घिमिरे , त्रियुगा नगर पालिकाकि उपमेयर महेश्वरी राई,विद्यार्थी फाटका जिल्ला इन्चार्ज खगेन्द्र पोखरेल , अनेरास्ववियु का पुर्ब केन्द्रिय सदस्य हेम खड्का ,अनेरास्ववियु जिल्ला संयोजक सन्तोष काफ्ले , अनेरास्ववियुका पुर्बअध्यक्ष प्रवेश ठकुरी , लगायत विद्यार्थी, नेतागण नागरिक समाज, स्थानीय को उपस्थित रहेको थियो।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गर्नुभएको थियो । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।
नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ हुनुहुन्थ्यो ।

सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गर्नुभएको थियो । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।

प्रतिकृया दिनुहोस्