२४ कार्तिक २०८०, शुक्रबार १३:३९

गाईघाट / उदयपुरमा राती दश बजे पछी देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले शुक्रवार एक विज्ञप्ति प्रकाशित गरी दिपावली एवं छठ लगायतका चाडपर्व सभ्य, मर्यादित, शान्तपूर्ण वातावरणमा
एक आपसमा खुशी साटासाट गरी मनाउन अपिल गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले देउसी भैलो सभ्य ढङ्गले राति १०:०० बजेसम्म मात्र खेल्न अनुरोध गरेका छन् । साथै छठ पर्वमा मंसिर ३ गते राति ११ बजे सम्म मात्र साँस्कृतिक परम्परा अनुसारको कार्य्रकम गर्न अनुरोध गरेका छ ।


प्रतिकृया दिनुहोस्