
गाईघाट / दोस्रो त्रियुगा अन्तर मा.वि.मेयर रनिङ शिल्ड प्रतियोगितामा त्रियुगा नमुना मा.वि. प्रथम भएको छ । थरुहट रंगशालामा पुष ११ देखि १४ सम्म संचालन भएको प्रतियोगितामा त्रियुगा नमुना मा.वि. ३ सय १५ अंक प्राप्त गर्दै प्रथम भएको हो । त्रियुगा नमुना मा.विले नगद १५ हजार सहित शिल्ड, ट्रफी र प्रमाणपत्र हासिल गरेको छ ।
तेस्तै १ सय ८ अंक सहित रामजानकी मा.वि मोतिगडा दोस्रो र ८३ अंक सहित प्याराडाइज इङ्लिस बोर्डिङ स्कुल तेस्रो भएका छन । दोस्रो हुने रामजानकी मा.विले नगद १० हजार सहित ट्रफी र प्रमाणपत्र र तेस्रो हुने प्याराडाइज इङ्लिस बोर्डिङ स्कुलले नगद ७ हजार ५ सय सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद, खेलकुल हाम्रो सान, स्थानिय खेलाडि उत्पादनमा हाम्रो अभियान, भन्ने नारा सहित सुरु भएकाे प्रतियोगितामा त्रियुगा नगरपालिका भरिका सामुदायीक र संस्थागत गरि ३१ वटा माध्यमिक विद्यालयहरु सहभागी भएका थिए । भलिबल (महिला पुरुष), कवड्डी (महिला पुरुष), एथलेटिक्स, तेक्वान्दो र कराते गरि ५ विधाका खेलहरुलाई प्रतियोगितामा समाबेश गरिएको थियो ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले खेलले आत्मनिर्भर, स्वावलम्बन र अनुशासनको विकासमा सहयोग पुर्याउने भएकोले प्रतियोगिताको आयोजना गरिएको बताए ।
नगरपालिकाको शैक्षिक गुणस्तर उकास्न खेलकूद प्रतियोगिता महत्वपूर्ण सावित हुने बताउदै प्रमुख बस्नेतले संघिय र प्रदेश सरकार संग समन्वय गर्दै हरेक वडामा खेलकुद मैदान निर्माणगर्ने योजनामा आफू र नगरपालिका रहेको उल्लेख गरे ।
यस्तै उप प्रमुख महेश्वरी राइले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताइन । राष्ट्रिय स्तरका प्रतियोगितामा भाग लिएर जितेर आउने खेलाडीलाई नगरपालिकाले पुरस्कृत गर्ने उनले घोषणा समेत गरिन ।

प्रतिकृया दिनुहोस्