गाईघाट / उदयपुरमा संचालन भईरहेको दोस्रो प्रदेश महोत्सवमा आज सविन राईको ब्याण्डले प्रस्तुती दिने भएको छ । गाईघाटको बरुवा बसपार्कमा यहि फाल्गुन १ देखि संचालन भएको महोत्सवमा आज आठौ दिन सविन राईको ब्याण्डको प्रस्तुती रहेको आयोजक त्रियुगा उधोग बाणिज्य संघका अध्यक्ष रमेश रसाइलीले बताए ।
रसाइलीका अनुसार उदयपुरमा पहिलो पटक सविन राईले आफ्नो प्रस्तुती दिन लागेको हो । युवा माझ लोकप्रिय रहेको गायक आउने भएको हुदा दर्सकको राम्रो उपस्थिति रहेन र आज सांगितिक कार्यक्रम ३ बजेबाटनै सुरु हुने पनि रसाइलीले बताउनु भयो ।
थोरै गीत गाएर धेरैको मनमा बस्ने गायक मध्येमा पर्छन् गायक सविन राई। सन् २००१मा एउटा एल्बम निकालेर असफलता बेहारेका राईको सन् २००३ मा निस्किएको ‘सतह’ एल्बमले उनलाई यस्तो सफलता दिलायो जुन सफलताले आजसम्म पनि सविन राईलाई संगीत प्रेमी माझ जिवन्त बनाईराखेको छ।
‘कोमल त्यो तिम्रो वदन’ ‘गुराँशको फेद मुनि’ ‘किन कि म’ ‘नमूना’, ‘म संसार जित्ने आश गर्दैछु,’ जस्ता गीत ‘सतह’ एल्बममै समेटिएका थिए । त्यसयता ति गीतलाई बिर्साउने सविनका गीत आएका छैनन् तर पनि उनलाई सुन्न चाहाने स्रोताको कुनै कमी छैन । स्रोताको यही चासोलाई मध्येनजर गर्दै आयोजक त्रियुगा उधोग बाणिज्य संघले अरु दिनको कलाकार भन्दा राईलाई महँगो मूल्यमा गाईघाट ल्याउन सफल भएको हो ।
गायक राईले मंगलबार टिम सहित गाईघाटमा प्रस्तुतीको लागि आउने भन्दै एउटा भिडियो सार्वजनिक गरेका थिए । राईले आफु पहिले चोटी उदयपुर आउन लागेको तेसैले सम्पूर्ण दर्शकहरुलाई त्रियुगा महोत्सवमा उपस्थितका लागि अनुरोध समेत गरेका थिए ।
प्रतिकृया दिनुहोस्