गाईघाट / उदयपुरमा संचालन भईरहेको दोस्रो प्रदेश महोत्सवमा आज आन्तिम दिन चर्चित गायक राजेश पायल राईले प्रस्तुति दिने भएका छन् । त्रियुगा उधोग बाणिज्य संघको आयोजनामा गाईघाटको बरुवा बसपार्कमा फाल्गुन १ देखि संचालन भएको महोत्सवमा आज अन्तिम दिन ” राई इज किङ्ग” ले आफ्नो प्रस्तुति दिने भएका हुन् ।
फैलियो माया दुबो सरि र बैगुनी रैछौ मायालु जस्ता गीतबाट निकै सफल भएका राईले “राई ईज किङ्ग” सम्म आईपुग्दा पछिल्लो पुस्तामा निकै रुचाएका गायक मध्ये एक हो । विदेशका कन्सर्टहरुमा अत्यधिक व्यस्त रहेका राई फाल्गुन ७ गते मात्र नेपाल आइपुगेको हो ।
दोस्रो प्रदेश महोत्सवमा फाल्गुन ७ गते नै ” राई इज किङ्ग” को प्रस्तुति दिने समय रहेको आयोजकका अध्यक्ष रमेश रसाइलीले बताए । तर केहि प्राबिधिक त्रुटीले गर्दा आज आन्तिम दिन गायक राईको प्रस्तुति रहने रसाइलीले बताउनु भयो ।
हिजो महोत्सवमा चर्चित कलाकार कला राई र अन्जु कुस्मीको अन्तिम समय बर्षाले गर्दा प्रस्तुति दर्शकले हेर्न नपाएकोमा आयोजकले दु:ख व्यक्त गरे । तर आयोजकले सबैलाई अनुरोध गर्दै कला राई र अन्जु कुस्मीको आज अन्तिम दिन दिउसो ३ बजे बाट प्रस्तुति रहने जनाएका छन् । अन्य रास्ट्रीय कलाकार बिनोद दनुवार र सबिन चौहानले भने आफ्नो प्रस्तुति दिएको आयोजकले बताए ।
महोत्सवलाई भव्य र सभ्य रुपमा सफल बनाउनको लागि सम्पूर्ण अग्रज व्यक्तित्वों लगाएत दर्सकहरुलाई प्रवेश शुल्क रु.१०० को टिकेट लिएर प्रवेश गरि दिनुहुन् आयोजकले अनुरोध गरेका छन् ।
प्रतिकृया दिनुहोस्