गाईघाट / त्रियुगा नगरपालिका वडा.१३ बहेडवामा संचालन रहेको बहेडवा सामुदायिक थारु होम स्टेले बयल गाडा सफारी सुरु गर्ने भएका छन् । यहि फाल्गुन २५ गते महाशिवरात्रिको दिन विहान ७:०० बजे देखि सुरु गर्न लागेका हुन् ।
होम स्टे भित्र आउने पाहुनालाई स्वागत गर्ने एउटा मध्यम बयल गाडा सफारी पनि रहेको संचालन समितिका अध्यक्ष भगवानसिंह चौधरीले बताए । चौधरीका अनुसार सफारी बहेडवाको थरुहट चौक देखि समाजसेवि समुहको कार्यालय लगाएत पुर्वटाेलको बाटाे हुँदै वडा अध्यक्ष नबिन चौधरीको घर पुगेर करिब दुई कि.मि यात्रा पछि पुन थरुहट चौक पुग्ने बताउनु भयो । सफारी गर्दा प्रति व्यति रु.१०० लाग्ने अध्यक्ष चौधरी जनाए ।
चौधरीका अनुसार बयल गाडा सफारीबाट उठेको रकम साँस्कृतिक भवन बनाउन खर्च गरिने बताउनु भयो साथै प्याकेजमा थारु खाजा सेट रु. २०० मा आफुले चाहे जति खान सकिने पनि बताउनु भयो ।
बहेडवा सामुदायिक थारु होम स्टेमा थारु परिकार माछा, गँगटा, घुँगी, पकौडा, रोटीलगायत पाहुनाको चाहनाअनुसार लोकल कुखुरा, हाँस र परेवाको परिकार पनि उपलब्ध गराइन्छ । यो होम स्टे देश कै उत्कृष्ट ३ मध्ये एकमा पर्न सफल भएको थियो ।
प्रतिकृया दिनुहोस्