सौरभ मगर
फाल्गुन १५, गाईघाट
नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु जिल्ला कमिटी उदयपुरको आयोजनामा अनेरास्ववियुका पुर्वकेन्द्रिय अध्यक्ष रवीन्द्र अधिकारीको छैटौं स्मृति दिवसको अवसर गाईघाटको पिपल चौकमा दीप प्रज्वलन गरिएको छ । दीप प्रज्वलन कार्यक्रम मा एमाले जिल्ला अध्यक्ष परमेश्वर घिमिरे , उपसचिव टेक बहादुर राउत , हेम खड्का , अनेरास्ववियु जिल्ला इन्चार्ज भुवन दाहाल , कोशी प्रदेश सदस्य सन्तोष काफ्ले , विद्यार्थी नेताहरु को उपस्थित रहेको थियो ।
यस्तो छ रवीन्द्र अधिकारीको जिवनी
रवीन्द्र अधिकारीको जन्म २०२६ साल वैशाख २२ गते कास्की जिल्लाको भरतपोखरी गाविस वडा नं. ९ जमुनाबोटमा भएको थियो । उनका बुवाको नाम इन्द्रप्रसाद अधिकारी र आमाको नाम लक्ष्मीदेवी अधिकारी हो । उनकी पत्नीको नाम विद्या भट्टराई हो । विद्या भट्टराई पूर्वविद्यार्थी नेतृ पनि हुन् । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत आरआर क्याम्पसमा प्राध्यापन पनि गरिन् । रवीन्द्र अधिकारीले व्यवस्थापनमा स्नातकोत्तर गरेका थिए । उनका दुईटा छोराहरू छन् । रवीन्द्र अधिकारी आफ्नो विद्यार्थी जीवनबाट नै राजनीतिमा लागेका थिए । उनको राजनीतिक जीवन निम्नप्रकार रहेको छ ।रवीन्द्र अधिकारीले विद्यार्थी जीवनबाट राजनीतिमा प्रवेश गरेका थिए । उनले विद्यार्थी जीवनमा निम्नानुसारका पदभार सम्हालेर राजनीति गरेका थिए ।२०३७ सालमा विद्यार्थी राजनीतमा प्रवेश ।
प्रवेशिका परीक्षा उत्तीर्ण गरेलगत्तै वन विज्ञान अध्यायन संस्थानमा भर्ना भए पनि केही समयपछि २०४२ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययन सुरु ।विद्यालयदेखि नै राजनीतिमा चासो राख्ने भएकाले क्याम्पस पुगेपछि विद्यार्थी राजनीतिक गतिविधिमा सक्रिय । २०४४ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष पदमा चयन ।२०४५ सालमा १ वर्ष माध्यमिक विद्यालयमा अध्यापन ।
२०४५ सालमा पृथ्वीनारायणक्याम्पसका स्ववियु सदस्यमा चयन ।२०४५ सालमा नै अनेरास्ववियु जिल्ला कमिटी कास्कीको अध्यक्षमा निर्वाचित ।२०४७ सालमा अनेरास्ववियुको गण्डकी अञ्चल अध्यक्ष तथा केन्द्रीय सदस्यमा चयन ।२०४९ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित ।२०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापति निर्वाचित । २०५३ सालमा नै स्ववियु काउन्सिल नेपालका संयोजक निर्वाचित। २०५६ सालमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष निर्वाचित ।
विद्यार्थी आन्दोलनमा उल्लेख्य रवीन्द्र अधिकारीले विद्यार्थी राजनीतिमा धेरै उल्लेखनीय कामहरू गरेका थिए । उनले विद्यार्थी राजनीतिमा गरेका केही उल्लेखनीय कार्यहरू यसप्रकार रहेका छन् ।
शिक्षामा भएको निजीकरण र व्यापारीकरणविरुद्ध लामो संघर्ष । प्राविधिक शिक्षाको विस्तार र गुणस्तरीयता, सबैका लागि गुणस्तरीय शिक्षजस्ता आन्दोलनहरूको अगुवाइ । बहुचर्चित कालापानी मार्चको नेतृत्व । मा सुरक्षा अभियान, नेपाली भू-भाग डुबाउने लक्ष्मणपुर बाँधको विरोध ।
राजकुमार पारस शाहको ज्यादतीविरुद्ध आन्दोलन, हत्यारा बस्ने दरबारमा होइन जेलखानामा हो भन्दै ५ लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने आन्दोलनको नेतृत्व ।
यातायातलगायत सार्वजनिक क्षेत्रमा ३३% विद्यार्थी सहुलियतको आन्दोलनमा प्रमुख अगुवाइ । राजनीतिक यात्रा २०४६ सालदेखि राजनीतिमा विशेष सक्रिय ।
पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण २०४६ सालमा ८ महिनाको जेल जीवन । प्रतिगमनविरोधी आन्दोलनमा ४ पटक पक्राउ परी हिरासतमा ।
विगतमा एमाले कास्की जिल्ला कमिटी सदस्य रहे । त्यसपछि एमाले कास्की जिल्ला कमिटी सचिव रहे । त्यसपछि एमाले कास्की जिल्ला कमिटीका अध्यक्षमा निर्वाचित भए ।
संविधान सभा २०६४ का सभासद बने । २०७० सालको चुनावमा संविधान सभा सदस्य बने । रुपान्तरित व्यवस्थापिका संसदका सदस्य बने । २०७४ को आमचुनावमा कास्कीबाट प्रतिनिधि सभामा निर्वाचित भए । पार्टी एकीकरण भएपछि नेकपाका केन्द्रीय सदस्य बने ।
ओली सरकारको दोस्रो मन्त्रिमण्डलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बने ।अधिकारीको पदमा बहाल रहेकै बेलामा एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनामा परी २०७५ फागुन १५ गते मृत्यु भएको थियो। ताप्लेजुङमा भएको उक्त हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको थियो ।
प्रतिकृया दिनुहोस्