


गाईघाट। त्रियुगा गरपालिकाले उज्यालो र सौन्दर्यीकरणका लागि गाईघाट बजारको प्रमुख सडकमा बत्ती जडान गरेको छ । शुक्रबार बत्तीको सुइच अन गर्दै मेयर बस्नेतले झलमल्ल गाईघाटको सुरुवात गर्नु भएको हो । मदन भन्दारी राजमार्ग र सगरमाथा राजमार्ग सडक खण्ड रातको समयमा धपक्क बलेको देखिन्छ । बत्ती राखिएपछि गाईघाट बजारको सुन्दरता बढेको छ ।
३ वटा फ्रड लाइट सहित ३८ वटा पोलमा स्ट्रिट लाइट राखेर पोलमा अन्य रंगिन बत्ति जडान गरि उज्यालोका लागि मात्र नभएर सहरलाई आकर्षक शहर बनाउन नगरपालिका लागि परेको मेयर बस्नेतले बताउनु भयो ।
गाईघाट सहरमा अहिले नेपालका ७७ जिल्लाकै नागरिक आइपुग्छन उनीहरुले पनि गाईघाट सहरको बिशेषता आकर्षण हेरेर जाउन भन्नका लागि र सुरक्षित सहर बनाउनका लागि आउदो २ वर्ष भित्रमा मुख्य बजारमा आकर्षक सडक बत्ति जडान गर्ने बताउनु भयो। उहाँले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्य बढाउन स्मार्ट स्ट्रिट लाइट जडान गरिएको बताउनुभयो ।
“सडकबत्ती जडान भएपछि पैदल यात्रु र सवारीचालकलाई आनन्ददायी सुरक्षित महसुस गराउनेछ,” मेयर बस्नेतले भन्नुभयो, “उज्यालो भएपछि सहरी सौन्दर्य र सडक सुरक्षा पनि बढेको छ । पूर्ण नेत्र सप्लायर्सले ४७ लाख (भ्याट सहित) बत्ति जडानको ठेक्का पाएको थियो ।



प्रतिकृया दिनुहोस्