
गाईघाट / सुनकोशीमा बेपत्ता तिन बालवालिकाको खोजी कार्य गोताखोर टोलीको सहाराले तिव्र रुपमा भैरहेको छ । त्रियुगा नगरपालिका वडा न. १४ साउने बजारका १२ बर्षीय रेखा मगर, ९ बर्षीय रिदम मगर र १२ बर्षीय लोक बहादुर मगरको खोजी कार्य भैरहेको हो ।
आईतबार दिउँसो तिनबजे तिर साउने बजारबाट धाप्लाङ कोशी तर्फ झरेका उनिहरु कोशिमा छिरेर बेपत्ता भए थियो । कोशीमा पानी खेल्न ५ जना गएका मध्ये लोकचंद्र मगरलाई पानीमा तैरिन्दै गर्दा स्थानीयले देखेर निकालेको र प्रसन्ना मगरलाई भने संगै गएका साथीहरुले बासको साहाराले पानी बाहिर निकाल्न सफल भएका थिए ।
सथानीयका अनुसार लोकचंद्र मगर र रेखा मगर भने आफ्नै दिदीभाई रहेको जनाए । भाई लोकचंद्रले पौडी खेल्दै गर्दा आफु भन्दा पनि आफ्नो दिदी रेखालाई बचाउन आग्रह गरेको एक स्थानीयले बताए ।

एकै ठाउँको वल्ला घर पल्ला घरका ३ बालबालिका होलीकै दिन बेपत्ता भएपछि परिवारसँगै सिंगो साउने बजारवासी स्तब्ध भएका छन्। हरेक वर्षको होलीमा रङ खेल्दै रमाउने बजारमा यो घटनाले अहिले सन्नाटा छाएको छ। डुबेको १८ घन्टासम्म नभेटिएपछि उनीहरु फेला पर्ने सम्भावना धेरै कम भएको उद्धार टोलीमा खटिने प्रहरी अनुमान छ।

पहिला सामान्य पानी रहेको नदी किनारको माटो खनेर पानी डोल्याउन बीचतिर लगेकाले अहिले किनारमै गहिरो तलाउ बन्न पुगेको बालबालिकालाई हेक्का हुन नसक्दा दुर्घटना भएको आकलन प्रहरीको छ। स्थानीयले पनि एकातिर किनारमै गहिरो तलाउ र अर्कातिर निरन्तर वर्षाले पानीको बहाब बढेकाले बालबालिका डुबेर दुर्घटना भएको अनुमान गरेका छन्।


प्रतिकृया दिनुहोस्