गाईघाट / त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त कुमार बस्नेत कोशी प्रदेश समन्वय परिषद्को सदस्यमा मनोनीत भएको छ । स्थानीय तहका प्रमुख वा उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुख मध्येबाट मुख्यमन्त्रीले समन्वय परिषदमा सदस्य मनोनीत गर्ने व्यवस्था बमोजिम उदयपुरबाट नगर प्रमुख बस्नेत मनोनीत बन्नु भएको हो ।
प्रदेशमा मुख्यमन्त्रीकोे अध्यक्षतामा प्रदेश समन्वय परिषद् गठन हुने कानुनी व्यवस्था छ । परिषदमा हरेक जिल्लाबाट एकजना स्थानीय तहका प्रमुख वा उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुख मध्येबाट मनोनीत हुन्छन । परिषदमा आन्तरिक मामिला तथा कानून मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय पदेन सदस्य रहने व्यवस्था रहेको छ ।
समन्वय समितिले प्रदेश सरकार र स्थानीय सरकारबीच विकासका कामहरूमा साझेदारी गर्न, बजेट कार्यान्वयन गराउन र नीति निर्माण गराउन आवश्यक सुझाव लिने र दिने गर्छ ।
प्रतिकृया दिनुहोस्