गाईघाट / उदयपुर जिल्ला अस्पतालको स्वास्थ्य मन्त्रि प्रदिप सुनुवारले अनुगमन गरेका छन् । कोशी प्रदेशका स्वास्थ्य मन्त्रि सुनुवारले आज अनुगमन अस्पतालको गरेका हुन् ।
अनुगमनमा आएका मन्त्रि सुनुवारलाई त्रियुगा नगरपालिकाका प्रमुख बसन्त बस्नेतले अस्पताललाई अझै स्तरउन्नति गर्नको लागि पत्र बुझाएका थिए । बस्नेतले बालरोग बिशेषज्ञ चिकित्सक, स्त्री तथा प्रसुति बिशेषज्ञ चिकित्सक, अक्सिजन प्लानटको क्षमता वृद्धि, लगाएत युएसजी मेसिन उपलब्ध गराई दिन अनुरोध गर्दै सत्रबुँदे पत्र बुझाएका थिए ।
संघिय सरकारले २०० बेडको डिपीआर तयार पारेको हुदा प्रदेश सरकार बाट १०० बेडको क्षमता बनाएर चलाउन नगर प्रमुख बस्नेतले आग्रह गरेका थिए ।
अस्पतालमा रहेका चिकित्सकहरूलाई मन्त्री सुनुवार सरकारी अस्पतालहरूले अव नागरिकहरूको मन जित्ने गरी काम गर्नु पर्ने बताएका थिए ।मन्त्री सुनुवारले आउने आर्थिक बर्षमा पत्रमा उलेखित बुदाहरुलाई समाबेस गर्ने प्रतिबद्धता गर्नु भयो ।
आउने बैशाख बाट स्वास्थ्य नीति बनाएर प्रदेश सरकारले पाच बर्ष भित्र स्तरउन्नति गर्नु पर्ने अस्पताललाई क्रमस गर्दै लाने बताए साथै अस्पतालमा रहेका चिकित्सकहरूलाई सरकारी अस्पतालहरूले अव नागरिकहरूको मन जित्ने गरी काम गर्नु पर्ने बताएका छन् ।
प्रतिकृया दिनुहोस्