गाईघाट / उदयपुर उपभोक्ता मञ्च नेपालले ध्यानाकर्षण पत्र बुझाएको छ । त्रियुगा नगरपलिकाका प्रमुख,उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई आज नगर प्रमुखको कार्यकक्षमा पत्र बुझाएको हो ।
पत्र बुझ्दै नगर प्रमुख बसन्त बस्नेतले त्रियुगा नगरपलिका उपभोक्ता मञ्च नेपालको सथामा रहेको बताउनु भयो । जिल्लाले सक्रिय समितिको पाएकोमा खुसि व्यक्त गरे । नगरपलिकाको अनुगमनले मात्र नपुग्ने भएको हुदा उपभोक्ता मञ्च नेपालले पनि साथ दिनु पर्ने बस्नेतले बताए । बस्नेतले अब दैनिक रुपमा बजारमा भएको विकृति र विसंगतिको बारेमा आफुलाई जानकारी दिन समितिलाई अनुरोध गरे ।
अहिले बजारमा धेरै खाध्यना बस्तुहरुमा मूल्य वृद्धि भएको उपभोक्ताको गुनासो रहेको छ तर तेस्ता खालको गुनासो लाई अब मिलेर समाधान गर्नु पर्ने नगर प्रमुख बस्नेतले बताउनु भयो । साथै निजि बिधालयहरुको मासिक शुल्कको निर्णय बाट नगरपालिका पछि नहट्ने प्रदिबर्द्ता गर्नु भयो ।
सेवा प्रवाह गर्ने बहानामा कुनै पनि सरकारी कार्यालय वा संघ/संस्थाले स्थानियलाई दु:ख दिए आवश्यक कारवाही गर्नु पर्ने मञ्चका अध्यक्ष युवराज पराजुलीले बताउनु भयो । साथै त्रियुगा नगरपालिकाले निजी बिद्यालयहरुले लिन पाउने मासिक शुल्क निर्धारण गरेकोमा पराजुलीले स्वागत योग्य निर्णय भएको बताए ।
बजारमा अहिले मासुको मूल्य वृद्धिको बिषयमा उपभोक्ता बाट ठुलो गुनासो रहेको उप प्रमुख महेस्वोरी राईले बताउनु भयो । राईले अहिले पनि गाउघरमा खसीको मासु ८००/९०० सयले पाइन्छ तर बजारमा १२०० पर्ने गरेको बताए । अब उपभोक्ता मञ्च नेपाल र नगरपालिका मिलेर बजारको अनुगमन गर्न पने राईले बताए । कार्यक्रममा नगरपालिकाका प्रसाशन प्रमुख घनश्याम पोखरेल लगायत स्थानीय युवाहहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्