गाईघाट / त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएका छन् । आज नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ कोलागि १ अर्ब ४७ करोड ३४ लाख ९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो । नगरपालिकाको एघारौं नगरसभाले नगरवासीको लागि बजेट ल्याएको नगर प्रमुख बसन्त बस्नेतले बताउनु भयो ।
आफ्नो पहलमा नगरपालिकामा अहिले सम्मको उच्च बजेट ल्याएको बस्नेतले बताए । बस्नेतका अनुसार कृषि, पशुपन्छी, सहकारी, पर्यटन, उद्यमशिलता, सामाजिक विकास, शिक्षा युवा तथा खेलकुद, स्वास्थ्य, खानेपानी तथा सरसफाई, गैरसरकारी संस्था, भाषा, कलालाई नीति तथा कार्यक्रममा समेटिएको जनाए ।
साथै नगर प्रमुख बस्नेतले लैंगिक समानता, महिला, बालबालिका तथा पिछडिएको क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ हुने, दिगो विकास, वातावरणीय संरक्षण तथा संवर्द्धनमा सघाउ र मेलमिलापमार्फत जनताको न्यायमा पहुँच पुग्ने गरी कार्यक्रम ल्याइएको पनि बताए ।
४ गाउँपालिका र ४ नगरपालिका रहेको उदयपुर जिल्लामा अरु पालिकाहरु क्रमश कटारी नगरपालिकाले ५५ करोड ४२ लाख, चौदण्डीगडी नगरपालिकाले ५३ करोड ५५ लाख, बेलाका नगरपालिकाले ४९ करोड ४५ लाख बजेट ल्याका छन् ।
तेस्तै उदयपुरगडी गाउपालिकाले ३८ करोड ८९ लाख, ताप्ली गाउपालिकाले २६ करोड ३० लाख रौतामाई गाउपालिकाले ४० करोड ३१ लाख साथै लिम्चुङबुङ गाउपालिकाले २१ करोड ९७ लाख बजेट ल्याएको छ । जिल्लामा त्रियुगा नगरपालिकाले अरु पालिका भन्दा बढी बजेट ल्याउन सफल भएको छ भने कोशी प्रदेस भरि दोस्रो भएको छ ।
प्रतिकृया दिनुहोस्