उदयपुर । त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रवार नगरका प्रमुख वसन्त कुमार बस्नेतले नगरको नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको हो । नगरपालिकाको तेर्हौं नगर सभाले २ अर्व १५ करोड ७१ लाख ५७ हजार रुपैया बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
त्रियुगा नगरबासीको सम्मानयुक्त जीवन यापन, असल शासन, पारदर्शिता, जवाफदेहिता, सरल सहज छिटो र प्रभावकारी सेवा प्रवाह, नितिगत तथा संस्थागत क्षमता बिकास, स्रोत साधनको समुचित ब्याबस्थापन, सामाजिक रुपान्तरण, समन्वय सहकार्य र साझेदारी लगायतका बिषयलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तयार पारेको नगर प्रमुख बस्नेतले बताउनु भयो ।
आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान, उत्पापदन तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जनताको जीवनस्तर आम्दानी र रोजगारी वढ्ने, स्थानीय स्रोत र सीपको अधिकतम प्रयोग, नवप्रवर्तनकारी योजना, मानव अधिकार संरक्षण र शान्ति सुरक्षा बिषयलाई समेत नीति तथा कार्यक्रममा समेटिएको नगर प्रमुख बस्नेतले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा रहेको छ ।
लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला, बालबालिका तथा पिछडिएको क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ हुने, दिगो विकास, वातावरणिय संरक्षण तथा सम्वर्द्धनमा सघाउ र मेलमिलापमार्फत जनताको न्यायमा पहुँच पुग्ने गरी कार्यक्रम रहेको उहाँले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
नगर प्रमुख बस्नेतले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा “त्रियुगा नगरपालिकाको इच्छा, सवैलाई गुणस्तरीय शिक्षा” भन्ने अभियानलाई अगाडि बढाई विपन्न, जेहेन्दार, गरिव, दलित तथा लोपोन्मुख जातिको शिक्षामा पहुँच विकास गर्नका लागि छात्रवृत्तिको दायरा थप गर्दै जाने उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस्