गाईघाट / त्रियुगा नगरपालिकाले पाँच वटा टोलबिकासलाई नमुना टोल बिकास घोषणा गरेका छन् । नगरपलिका अन्तर्गत ४०१ वटा दर्ता भएका टोलबिकास मध्ये पाँच वटा वडा न.३ का मोति आदर्श, वडा न.९ का नमुना, वडा न.१० का समाबेसी, वडा न.११ का बरुवाटार र वडा न. १३ का मखमली नमुना टोल बिकास घोषणा भएका हुन् ।
यहि असार १३ र १४ गते प्रत्यक वडामा कार्यक्रम गरेर प्रमाण पत्र सहित नगद रु १०,००० बितरण गरेको टोल बिकास नगर समन्वय समितिका अधक्ष्य नबिन राईले बताउनु भयो । राईका अनुसार सबै टोल विकासले राम्रो काम गरेको छ नगरपालिकाले निर्धारण गरेको मापदण्डमा काम गर्नु भएको छ तर पनि यी पाँच वटा टोल बिकासहरुले अरु भन्दा राम्रो काम गरेको हुदा नमुना टोल बिकास छनौटमा पर्न सफल भएको बताए ।
त्रियुगा नगरपालिकाले टोल बिकासलाई मिनी वडाको रुपमा लिएको नगर प्रमुख बसन्त कुमार बस्नेतले बताए । उहाले नगर र वडामा हुने बिकासको काम प्रत्यक्ष वा अप्रत्यक्ष टोल बिकासको सहभागिता रहेको हुन्छ टोलमा हुने हरेक सामाजिक काम होस् वा निर्माणको काम होस् टोल विकासको सहभागिता रहने बताए ।
यो बर्ष जल तथा मौसम विज्ञान विभागको बढी पानी पर्ने आँकलनसँगै बरुवाटार टोल विकास संस्थाका बस्ति लगाएत् वडा नम्बर ११ का साकेला,ढिम्कि, तेस्तै वडा नम्बर १० का बाबरी, बेल्दोबन लगाएत नगर भित्र खोला किनारमा बसोबास गर्ने समुदायहरुलाई सतर्क रहन बस्नेतले अनुरोध गर्नु भयो ।
बरुवा खोलामा बाध बाधेको भए पनि तपाई हाम्रो लापरवाहीले खोलाको बाध फुट्ने अबस्थामा छ । ट्रयाक्टर व्यावासाही साथीहरुले ढुंगा उत्खनन गर्ने नाम तेही बाधमा लगाएको ढुंगा निकाल्ने गरेको छ तेस्त किसिमको कार्य नगर्न उहाले अनुरोध गर्नु भयो । साथै आफ्नो पहलमा बरुवा बाधको लागि बजेट आएको हुदा चाडै बाध लगाउन सुरु गर्ने प्रतिबद्धता गर्नु भयो ।
प्रतिकृया दिनुहोस्