सौरभ आलेमगर
असार १५
बालक्लब , बाल संजाल तथा बिद्यालयस्तरका बालबालिकाहरु संग बालश्रम निवारण सम्बन्धि चेतनामूलक कार्यक्रम शनिबार गाईघाटमा सम्पन्न भएको छ । त्रियुगा नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि त्रियुगाका उपप्रमुख महेश्वरी राईले बालश्रम अन्त्य गर्न स्थानीय सरकारबाट विभिन्न निति निर्माण भएता पनि गरिबी अशिक्षित परिवारबाट अलग भएकै कारण बालश्रम मुक्त नभएको दुख प्रकट गर्नु भयो ।उपप्रमुख राईले बालश्रम मुक्तको लागि पहिला आफु बाट नै त्यसपछि आफ्नो घर अनि गाउँ समाज बाट सुरुवात गर्नुपर्नेमा जोड दिनुभयो । त्रियुगा नगरपालिकाका श्रम रोजगार शाखा प्रमुख निशा घलेले बालबालिकाहरु दिनानुदिन श्रम गर्न बाध्य हुनु परेकोले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा सचेतामूलक कार्यक्रम आयोजना गरिएको बताउनुभयो । नगर बाल संजालका अध्यक्ष रुपेश कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नगरभरीका विभिन्न वडाबाट एक सयबढी बालबालिकाहरु उपस्थित भएका थिए । उनीहरुलाई श्रम रोजगार शाखा प्रमुख निशा घले , सामाजिक बिकास शाखा प्रमुख राजकुमार खड्काले चेतनामुलक सन्देश प्रवाह गर्नुका साथै प्रशिक्षण गराउनु भएको थियो ।
प्रतिकृया दिनुहोस्