
उदयपुर । नेपालकै सबैभन्दा पुरानो नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शाखा कार्यालय गाईघाटले आफ्ना अभिकर्ताहरुलाई सम्मान गरेको छ । बिभिन्न पदमा रही कम्पनीको व्यवसायिक लक्ष पूरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने आधादर्जन बढी अभिकर्ता शाखाबाट सम्मानित भएका हुन् ।

कम्पनीका शाखा प्रमुख प्रेमकुमार राईका अनुसार सोमबार बोक्सेस्थित होटल वल्डदरवारको सभाहलमा आयोजित कार्यक्रममा ‘स्टार अफ द मन्थ’बाट तीन जना सम्मानित भएका छन् । जसमा लामो समयदेखि बीमा क्षेत्रमा क्रियाशील उमेशकुमार बस्नेत, चन्द्रकला मगर र थमान राईले स्टार अफ द मन्थ पाएका हुन् ।
त्यस्तै कम्पनीको एमडीआरटीबाट निर्जलाकुमारी भट्टराई, सञ्जालतर्फको उत्कृष्ट व्यवसाय गर्ने खेसबहादुर ज्यूठकुरी र थमान राई सम्मानित भए । त्यस्तै व्यक्तिगत तर्फबाट उत्कृष्ट उमेशकुमार बस्नेत, बासु थापा र कासीकुमार कार्कीको नाम सार्वजनिक हुनेहरुको सूचीमा छ ।
संख्यात्मक रुपमा सबैभन्दा बढी बीमा गराउने होमबहादुर लुंगेलीसँगै, व्यवसाय अधिकृत, व्यवसाय प्रबन्धक, बरिष्ठ व्यवसाय प्रबन्धक र प्रमुख व्यवसाय प्रबन्धकहरुलाई पनि सम्मानित गरिएको थियो । उनीहरुलाई शाखा प्रमुख राई, राष्ट्रिय वाणिज्य बैंक शाखा गाईघाटका प्रबन्धक विष्णु भट्टराई, कृषि सामग्री प्रालि बोक्सेको प्रमुख सन्तोष यादव र कम्पनीका कटारी शाखा प्रमुख भक्तबहादुर श्रेष्ठले ढाका टोपी, खादा, अवीर र कदरपत्रले सम्मान गरेका थिए ।

कार्यक्रममा करिब २५० जना अभिकर्ताको सहभागिता थियो । कार्यक्रममा बोल्दै वाणिज्य वैंक शाखा गाईघाटका प्रमुख भट्टराईले पछिल्लो समय जीवनबीमाप्रति सर्वसाधरणको आकर्षण बढ्न थालेको बताए । उनले सेवाग्राहीलाई थप उत्साहित रुपमा सेवा प्रवाह गर्न समेत सुझाए ।
शाखा गाईघाटद्धारा आयोजित ‘अभिकर्ता सम्मान तथा पारिश्रमिक योजना २०७९/८०’ कार्यक्रममा शाखा प्रमुख राईले कम्पनीका नयाँ प्याकेजबारे जानकारी गराएका थिए । कम्पनीले आफ्ना अभिकर्ताहरुलाई प्रोत्साहित गराउन हरेक वर्ष नयाँ नयाँ प्याकेजहरु ल्याउने गरेको छ । शाखा प्रमुख राईका अनुसार कम्पनीले उत्कृष्ट काम गर्ने अभिकर्ताहरुका लागि कार, मोटरसाईकल आईफोन– १३, स्कुटर, क्यामेरा र ल्यापटपलगायतको सामग्री यो महिना गोलाप्रथाद्धारा प्रदान गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्