गाईघाट / तेस्रो त्रियुगा अन्तर बिधालय मेयर रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । आज त्रियुगा नमुना मा.बि गाईघाटको परिसरमा सम्पन्न भएको हो । ६०औ रास्ट्रीय वाल दिवस र संविधान दिवसका अवसरमा त्रियुगा नगरपालिकाले शुक्रबार देखि प्रतियोगिता आयोजना गरेको थियो । दुई दिनसम्म सञ्चालन रहेको प्रतियोगिताको नारा ‘कला संस्कृतिको सम्मान त्रियुगाको अभियान’ भन्ने रहेको समापन समारोहका प्रमुख अथिति त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले जानकारी दिनु भयो ।
बस्नेतले शिक्षा संगै बिधार्थी भाईबहिनीहरुलाई हजारी जबाफ र नृत्य क्षेत्रमा पनि रुचि होस् भनेर प्रतियोगिता आयोजना गरेको बताए । साथै नगरपालिकाले शिक्षा क्षेत्र सुधारको लागि नियमावली, कार्यविधि बनाएर अघि बढेको बताए । नगरपालिकाले कक्षा ५ सम्मको पाठ्यपुस्तक तयारी गरी लागू गरेको छ,’ उनले भने, ‘यसलाई हामी माध्यमिक तहसम्मै लैजाने योजनामा छौं, यसले स्थानीय विषय वस्तुमा बालबालिका पोख्त हुनेछन् ।’
प्रतियोगितामा सामुदायिक र संस्थागत गरी ३२ वटा विद्यालय सहभागिता रहेको नगर शिक्षा शाखा प्रमुख शिवकुमारी राउतले बताइन् । साथै नगरपालिकाको दुइ लाख बजेट बिनियोजनमा अन्तर बिधालय मेयर रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको जानकारी दिनु भयो ।
सहभागि विद्यालयहरु मध्य हाजिरी जबाफ मा.बि तर्फ प्रथम अन्नपूर्ण सेकेण्डरी स्कुल, दोस्रो क्यानभास एकेडेमी उदयपुर, तेस्रो लालिगुरास स्कुल तथा सान्तवना पुरस्कार जनता मा,बि देउरीले पाएको कार्यक्रमका अधक्ष्य तिलक कटुवालले जानकारी दिनु भयो । तेस्तै हाजिरी जबाफ आधारभूत तर्फ भने प्रथम उदयसि मा.बि, दोस्रो समता, तेस्रो उदयपुर मनकामना र सान्तवना पुरस्कार क्रिमसन एकेडेमीले पाएको कटुवालले बताउनु भयो ।
यता नृत्य तर्फ भने प्रथम लालिगुरास स्कुल, दोस्रो इभर ग्रीन, तेस्रो जनता मा,बि देउरीले पुरस्कार पाएको हो भने सान्तवना पुरस्कार त्रियुगा मा.बि र अन्नपूर्ण स्कुलले प्राप्त गरेको का.व प्रमुख प्रशासकीय अधिकृत राजकुमार खड्काले जानकारी दिनु भयो ।
प्रतिकृया दिनुहोस्