गाईघाट / गत बिहिबार देखि परेको अविरल बर्षाका कारण उदयपुरमा दुई घर पूर्ण रुपमा छती र २५ घरमा सामान्य छती भएको छ । त्रियुगा नगरपालिका वडा न.१४ घिर्लिंग र सिम्लेमा उक्त घरहरु छती भएको हो । त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले उदयपुर खोटाङ जोड्ने झुलेंगे पुल र बाढी प्रभावित क्षेत्रको अबलोकन गर्नु भएको छ ।
बस्नेतले त्यस क्षेत्रका स्थानीयहरुलाई नगरपालिकाले चाडै राहत उपलब्ध गराउने बताए । उहाले नेपालीहरुको महानचाड बडा दसैँको आउन लागेको बेला यस्तो दुखद घटना घटेकोमा दुख व्यक्त गरे । बस्नेतले सम्पूर्ण संघसंस्थाहरुलाई यस्तो विपतको बेला साथ् सहयोग गर्न अनुरोध गर्नु भयो । साथै नगर प्रमुखले स्थानीयहरुलाई हामी स्थानीय सरकार तपाईहरुको साथ सहयोगको लागि तयार छौ निरास नहुन आग्रह गर्नु भयो ।
कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्रि भुपेन्द्र राईले उदयपुर खोटाङ जोड्ने धाप्लाङ्गघाटमा रहेको झुलेंगे पुलको अनुगमन गर्नु भएको छ । मन्त्रि राईले पुललाई तत्काल मर्मत गर्न सम्बन्धित कार्यालयलाई निर्देसन दिनु भएको छ ।
साथै धाप्लाङ्गघाट निर्माणधीन पक्कि पुलको तिस लाख बराबरको छती भएको रसुवा,एसएनएस, पप्पु जेभीका साइड सुपरभाइजर ज्ञानेन्द्र न्यौपानेले जानकारी दिनु भयो । न्यौपानेका अनुसार बाढीले एउटा कन्टेनर र १२ ब्यारेल डिजल बगाएको जनाए साथै करिब १००० बोरा जति सिमेन्ट पानीले भीजेर काम नलाग्ने भएको बताए ।
प्रतिकृया दिनुहोस्