उदयपुर, कात्तिक २५ – बर्तमान सरकारले नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वमा दुई दलिय राजनीतिक सम्यन्त्र निर्माण गरेको छ। सम्यन्त्रको नेतृत्व नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नेछन्। नेपाली कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा रहेका छन् भने नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधानमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सम्यन्त्रमा रहेका छन्।
यसैगरी, जिल्ला तहमा पनि दुई दलिय सम्यन्त्र बनाउने दुई दलको संयुक्त बैठकले निर्णय गरेको छ। जिल्ला तहमा नेपाली काङ्ग्रेसका जिल्ला सभापती र सभापतिले तोकेको २ पदाधिकारी रहने छन । एमालेबाट जिल्ला ईन्चार्ज, अध्यक्ष र सचिव रहने छन । उदयपुरमा नेपाली कांग्रेसका तर्फबाट जिल्ला सभापति एवं प्रदेश सांसद हिमाल कार्की, सचिव राजेश चन्द्र श्रेष्ठ र कोषाध्यक्ष मौसम राईलाई सिफारिस गरिएको नेपाली काङ्ग्रेस उदयपुरले जनाएको छ। नेकपा एमालेबाट जिल्ला ईन्चार्ज मन्जु कुमारी चौधरी , अध्यक्ष भागवत राउत र सचिव टेक बहादुर राउत रहने छन।
प्रतिकृया दिनुहोस्