


गाईघाट / उदयपुरको त्रियुगा नगरपालिकामा सोनाम ल्होछार भब्यताका साथ मनाएका छन् । नेपाल तामाङ घेदुङ्ग त्रि. न. पा.- ११ को आयोजनामा आज गाईघाट बजारको पिकनिक एस्पोर्ट ढिम्किमा एक कार्यकम बीच सोनाम ल्होछार २८६१ को शुभकामना आदानप्रधान गरेका हुन्।
कार्यक्रमलाई त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले सम्बोधन गर्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होछार जस्ता पर्वहरूले सबै नेपालीबीच आपसी सद्भाव अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास व्यक्त गरे ।
त्रियुगा नगरपालिकामा तामाङ जातिको ठुलो समुदाय रहेको र तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट र अत्यन्तै महत्वपूर्ण स्थान रहेको बस्नेतले बताए ।
ल्होछार मुल आयोजक समितिका संयोजक लाल बहादुर तामाङले तामाङ समुदायले मनाउँदै आएको सोनाम ल्होछार कार्यक्रममा सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै अर्को बर्ष अझ बिरहतरुपमा मनाउने प्रतिबद्धता गर्नु भयो ।



प्रतिकृया दिनुहोस्