


गाईघाट / त्रियुगा नगरपालिकाले “धान बालीमा सघनता खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नाराका साथ २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएका छन् । आज त्रियुगा नगरपालिकाको आयोजना तथा साना किसान कृषि सहकारी संस्था देउरीको सह-आयोजनामा त्रियुगा नगरपालिका वडा न.४ बगाहा स्थित उक्त दिवस मनाएका हुन् ।
नगरपालिकाले वार्षिक रुप धान दिवस मनाउदै आइरहेको कार्यक्रमका प्रमुख अथिति त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले जानकारी दिनु भयो। बस्नेतका अनुसार नेपाल सरकारले २०६१ सालदेखि असार १५ गतेलाई धान दिवसका रुपमा मनाउँदै आएको छ सोहि अनुरुप हाम्रो नगरपालिकाले पनि मनाउदै आएको हो ।
नेपालमा अझै पनि १० लाख टन धान अपुग छ तेस्लाई कम गर्नको लागि हाम्रो नगरपालिकाले कृषि शाखा बाट विभिन्न कार्यक्रम गर्दै आएको नगर प्रमुख बस्नेतले जानकारी दिनु भयो । बस्नेतले आधुनिक युगसुरु भएकोले अब आधुनिक औजारहरुबाट धानको रोपाइँ गर्नु पर्नेमा पनि जोड दिए साथै कृषकहरुलाई यदि खेति गर्न कुनै समस्या भए नगरपालिकामा सम्पर्क गर्न आग्रह गरे ।
हाम्रो कृषि प्रधान देशमा हामीले अझै पनि बाहिर देश बाट धान आयात गर्नु पर्दा दुख लागेको त्रियुगा नगर उप प्रमुख महेश्वोरी राईले बताउनु भयो । राईले आधुनिकिकरण परियोजनाअन्तर्गत सञ्चालित धानका बर्खे र चैते दुवै सिजनमा धानको उत्पादन गर्न कृषकहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा त्रि.न.पा-४ का वडा अध्यक्ष बद्रि बस्नेत, नेपाली कांग्रेसका युवा नेता सुमन चौधरी, विभिन्न संघ-संस्थाका बुद्धिजीबीहरु साथै क्रिमसन एकेडेमी स्कुलका भाईबहिनिहरुलको उपस्थित रहेको थियो ।



प्रतिकृया दिनुहोस्