
त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा बि.एस.डब्लु गार्डेन निर्माण भैरहेका छन् । मानविकी संकायमा अध्ययन गरिरहेका बिधार्थी तथा शिक्षकहरु मिलेर गार्डेन निर्माण गर्न लागेको हो । आज बिधार्थीहरु आ-आफ्नो घर बाट विभिन्न प्रकारका फुल ल्याएर रोप्नुको साथै कागतीका बिरुवाहरु रोपेका थिए ।
चौथो बर्षमा अध्यनरत तथा (विद्यार्थी गुणस्तर सर्कल समितिका सचिव ) सौरभ मगरका अनुसार मानविकी संकायले केहि नया कामको सुरुवात गर्नको लागि बि.एस.डब्लु गार्डेन निर्माण गर्न लागेको बताए । मगरले गार्डेन निर्माणको लागि बिधार्थी ,शिक्षक तथा समाजसेवी बुद्धिजीबीहरुसंग आर्थिक संकलन गरिरहेको जानकारी दिए ।
उदयपुरमा २०४४ सालमा स्थापना गरिएको क्याम्पसको प्रांगणलाई अझ सुन्दर बनाउनको लागि बि.एस.डब्लु गार्डेन निर्माण गर्न अनुमति दिएको क्याम्पस प्रमुख डा.कैलास कुमार राईले जानकारी दिनु भयो । ९ विघा क्षेत्रफलमा भएको क्यम्पस परिसर यसरि बिधार्थीहरुले गार्डेन निर्माण गरेर सुरक्षा गरे क्याम्पसको जग्गा उपयोग पनि हुने र सुरक्षा पनि हुने राईले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्