

नाम :- सुनिल कुमार श्रेष्ठ
काठमाडौं नेपाल
हाल :- जापान टोकियो
चैतमा सल्केको वनको डढेंलो झैं देशभरि राजनीति सल्किरहेको थियो । जनताहरू यो उकुसमुकुसबाट उन्मुक्ति चाहिरहेका थिए । शिक्षणसंस्थाहरू बन्दजस्तै थिए । २०३६ देखि २०८१ साल सिद्धिदा पनि राष्ट्रसेवक शिक्षकहरू आफ्ना सामान्य माग पूरा गरिदन राजधानीका सडकमा भोकैप्यासै आन्दोलन गरिरहेका थिए ।
शिक्षकहरूसँगै हरिराम पनि कलेजको चउरमा मुङ्फली खाँदै थियो बलबहादुर ‘विद्रोही’ आएर विरोध-जुलुसमा जाऊँ भनेर कर गर्न थाल्यो ।
‘-तपाई यो ठाउँमा राजनीतिको कुरो नउक्कानुस् त उसले भन्यो ।’
‘राजनीति नै सामाजिक रूपान्तरणको पहिलो ब्रम्हास्त्र हो ।त्यसैले म जहाँ जान्छु त्यहाँ आकाश खस्ने गरी राजनीतिको चर्चो गर्छु तपाई कुवाको भ्याकुतोले भनेर म मान्छु ‘ विद्रोहीले पाखुरा सुर्कुलाझैं भन्यो ।
‘उहाँसँग राजनीति बहस गरेर कसैले सक्दैन चिया पिउन जाऔं’ भनेर इ. डोरमान सिंहले प्रसङ्ग बदल्न चाहेको बुझेर विद्रोहीले भन्यो ‘ तिमी कुन राजनीतिक धारका प्राध्यापक हौ ? उनले भने- ‘म राजनीतिमा खासै चासो नराख्ने सामान्य नेपाली नागरिक हुँ तर यौटा कुरा सम्झिराख भाषणको कुरोले देश बन्दैन । धार समातेर कुद्दैमा शिक्षकका माग पूरा हुदैनन् । देशले काँचुली फेर्बन सक्दैन । जनताका आकाक्षा पूरा गर्न र देशको समुचित विकास गर्न त निन्तरको लगन , निष्ठा , आदर्श, योजना र जाँगर चाहिन्छ , बुझ्यौ ?’
हेर ! शरीरका हर नशामा रगत बगेझैं हाम्रा हर क्रियाकलापमा राजनीति प्रवाहित भइरहेको हुन्छ । राजनीतिबिना जीवनले गति लिन सक्दैन । देश र जनताको प्रगति हुन सक्दैन ।’
‘ढाँटेका कुरा काटे मिल्दैन , घोकेको सिद्धान्त व्यवहारमा मारे मिल्दैन ।’ शिक्षक हरिरामको मुखबाट के खस्यामात्र थियो बलबहादुर ‘विद्रोही’ राजनीतिमा रतिभर चाख नराख्ने मास्टर ! तँ कक्षामा के पढाउँछस् ? भन्दै जुरुक्क उठेर भट्टीतिर लाग्यो ।
प्रतिकृया दिनुहोस्