१ आश्विन २०८२, बुधबार १९:३२

शम्भु रानामगर
असोज १ , उदयपुर
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक तह कक्षा १२ को मौका (पुरक) परीक्षा यहि असोज ७ र ८ गते गर्ने निर्णय गरेको छ। यसअघि बोर्डले उक्त परीक्षा भदौ २८ र २९ गते गर्ने तालिका थियोे । तर भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनले बिषम परिस्थिति सिर्जना गरेको हुँदा सो परीक्षा स्थगित गरेको थियो । बोर्डले मंगलबार नयाँ परीक्षा तालिका सार्वजनिक गरे पश्चात् विद्यार्थी परीक्षाको तयारीमा जुटेका छन । परीक्षा बिहान ११ बजे देखि २ बजेसम्म सन्चालन हुने छ ।

प्रतिकृया दिनुहोस्