

गाईघाट / चैत २९ गतेदेखि बैशाख ३ गतेसम्म आयोजना हुने प्रथम रौतामाई–त्रियुगा पर्यटन महोत्सवमा नेपालको चर्चित गायिका रचना रिमालले आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन् । रिमालले एक भिडियो सन्देश जारी गर्दै २०८३ साल बैशाख २ गते महोत्सव स्थल रौतामाई परिसरमा आफ्नो प्रस्तुति रहने जानकारी दिएका हुन्।
महोत्सवमा रिमालसँगै अशोक सिवा, बिनोद दनुवार, दीपक गजमेर लगायतका कलाकारहरूको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ। साथै गरिमा डान्स स्टुडियो र ताल डान्स हाउसको नृत्य प्रस्तुति पनि आकर्षणको रूपमा रहने आयोजकले जनाएको छ ।आयोजकका अनुसार पहिलो पटक आयोजना हुन लागेको ५ दिने पर्यटन महोत्सवको उद्घाटन चैत २९ गते कोशी प्रदेशका मुख्य मन्त्री बाट गरिनेछ भने समापन बैशाख ३ गते मधेस प्रदेशका मुख्य मन्त्रि द्वारा गरिने कार्यक्रम तय गरिएको छ।पर्यटन महोत्सवले स्थानीय कला, संस्कृति, भेषभूषा तथा उत्पादनहरूको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले लिएका छन्।

प्रतिकृया दिनुहोस्