शौरभ आलेमगर
जेठ ३ उदयपुर,
उदयपुरको उदयपुरगढि गाउँपालिका ६ नेपालटारस्थित उदयपुर लिटिल फ्लावर इङ्लिस स्कुलले पहिलो ब्याचमै माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट एसइई परीक्षामा सहभागी पाँच जना विद्यार्थीमध्ये पाँचै जना उत्तीर्ण हुँदै उत्कृष्ट जीपीए ल्याउन सफल भएका हुन्। पहिलो ब्याचमै शतप्रतिशत नतिजासहित उत्कृष्ट प्रदर्शन गरेपछि विद्यालय परिवारमा खुसी छाएको छ।
विद्यालयका अनुसार सर्वाधिक अंक ल्याउने विद्यार्थी दिपिका गिरी ले ४.०० जीपीए प्राप्त गर्दै इतिहास रचेकी छन्। उदयपुरगढी गाउँपालिकाबाट एसइईमा ४ जीपीए ल्याउने सम्भवतः पहिलो विद्यार्थीका रूपमा उनको चर्चा भइरहेको छ।त्यसैगरी, कौशल बस्नेत ले ३.८३ जीपीए, रेसिका कार्की ले ३.५४ जीपीए, मिना राना मगर ले ३.४५ जीपीए तथा आसिका धौलाकोटी ले ३.१० जीपीए प्राप्त गरेका छन्।
पहिलो ब्याचमै सबै विद्यार्थी उत्कृष्ट नतिजासहित उत्तीर्ण भएपछि विद्यालय प्रशासन, शिक्षक, अभिभावक तथा स्थानीयवासीहरूले विद्यालयको प्रशंसा गरेका छन्। ग्रामीण क्षेत्रमा रहेर पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको भन्दै विद्यालयलाई बधाई तथा शुभकामना दिइएको छ।



प्रतिकृया दिनुहोस्