गाईघाट / उदयपुरको गाईघाटमा आगामी मंसिर १७ गतेदेखि २७ गतेसम्म तेस्रो प्रदेश महोत्सव २०८३ त्रियुगा आयोजना हुने भएको छ। महोत्सव आयोजनाबारे त्रियुगा उद्योग वाणिज्य संघले हिजो गाईघाटस्थित रत्ना रिसोर्टमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो।
स्थानीय व्यापार, व्यवसाय, उद्योग तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवले गाईघाट क्षेत्रको आर्थिक तथा व्यावसायिक गतिविधिलाई थप चलायमान बनाउन सहयोग पुग्ने संघका अध्यक्ष नवीन बस्नेतले बताउनुभयो। बस्नेतका अनुसार स्थानीय उत्पादन, व्यापारिक सामग्री तथा विभिन्न व्यावसायिक गतिविधिलाई प्राथमिकता दिनुका साथै महोत्सवले स्थानीय उद्यमी, व्यवसायी तथा उपभोक्तालाई एउटै स्थानमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण र व्यापारिक गतिविधि विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ।
नेपालका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति समेत रहने आयोजकले जानकारी दिनु भयो । महोत्सवले मनोरञ्जनसँगै स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा समेत आयोजकले लिएका छन् । स्थानीय व्यापार तथा पर्यटनको विकासलाई केन्द्रमा राखेर आयोजना हुन लागेको तेस्रो प्रदेश महोत्सव २०८३ त्रियुगाले गाईघाटको आर्थिक गतिविधिमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा पनि चासो बढेको छ।

प्रतिकृया दिनुहोस्