
मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने सम्भावना रहेको बताएको छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो । तर, हाल बङ्गालको
खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमीतर्फ सर्दै गइरहेकाले नेपालमा अजै मनसुनी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।महाशाखाकाअनुसार असोज १८ गते नवमीदेखि
नेपालमा पनि न्यून चापीय प्रणालीको प्रभाव पर्ने हुँदा मनसुनी वर्षा सक्रिय हुने सम्भावना छ ।असोज १८ गते नवमीमा देशभर आंशिकदेखि सामान्यतया बदली रहने सम्भावना रहेको छ । त्यसदिन प्रदेश १,
मधेस, वाग्मती र गण्डकी प्रदेशहरूका केही र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।असोज १९ गने टीकाको दिन देशभर सामान्य देखि पूर्णतया
बदली रही देशका धेरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुको साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारीदेखि अति भारी वर्षाको पनि सम्भावना
रहेको महाशाखाले जनाएको छ ।महाशाखााका अनुसार असोज २० गते बिहीबार एकादशीको दिनमा देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका धेरै स्थानहरूमा तथा
बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ । साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस्