
संस्थापन पक्षले मनोमानी गरेको भन्दै असन्तुुष्ट नेपाली कांग्रेसको संस्थापनइतर समूहले समानुपातिक सांसदको सूूचीमा ३५ प्रतिशत भाग पाएको छ । शनिबार दिउँसोदेखि आइतबार बिहानसम्म प्रधानमन्त्री
निवास बालुवाटारमा छलफल गरेर अन्तिम सूचीमा व्यापक हेरफेर भएको हो ।आइतबार निर्वाचन आयोगमा गएर सच्याइने सूचीमा संस्थापनइतर समूहले ३५ प्रतिशत पाएको दाबी गरेका छन्। कम्तिमा ४०
प्रतिशत दाबीसहित संस्थापन पक्षले बुझाएको सूचीमा फरक मत राखिरहेको उक्त पक्षले ३५ प्रतिशतमै चित्त बुझाएको हो। कांग्रेसले पाउने जम्मा समानुपातिक सिटमा एक तिहाइ आफ्नो नघट्ने ग्यारेन्टी गरेको उक्त पक्षका नेताहरु बताउँछन्।
शनिबार दिन र रातभर चलेको बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेताहरु रामचन्द्र पौडेल, शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माहरु सहभागी थिए। बैठकमा
सहभागी एक नेताका अनुसार सुरुमा निकै च’र्काचर्की परेको थियो।विशेषगरी प्रधानमन्त्री देउवापत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँण पत्नी मञ्जु खाँणको नाममा संस्थापनइतर समूहले विरोध जनाएको थियो।
कांग्रेसमा योगदान दिएका तर अवसर नै नपाएका कार्यकर्ता छुटेको तर उनीहरुको नाम प्राथमिकताका साथ परेको भन्दै संस्थापनइतरका नेताहरु कडा रुपमा प्रस्तुत भएका थिए।

प्रतिकृया दिनुहोस्