१८ आश्विन २०७९, मंगलवार १२:३२

काठमाडौँ, प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९, पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको कार्यक्रम निर्वाचन आयोगले सार्बजनिक गरेको छ | उम्मेदवार मनोनयन
दर्ता गर्ने २०७९/०६/२३ देखि २०७९/०६/२३ सम्म १०:०० बजे देखि १७:०० बजे निर्वाचन अधिकृतको कार्यालयमा गर्न सुचना जारी गरेको छ | तेस्तै मनोनयन पत्र दर्ता भएको
उम्मेदवारको सुची प्रकाशन सोहि दिन १७:०० देखि १९:०० बजे गर्ने सूचनामा जानकारी दिएको छ | उम्मेदवारको बिरोधमा उजुरी दिने २०७९/०६/२४ गते १०:०० देखि १७:०० सम्म
दिन सक्ने भएको छ | मनोनयन पत्र र उजुरी उपर जाचबुझ असोज २४ देखि २५ सम्म निर्णय गरि २५ गते १९:०० बजे नामावली प्रकासन गर्ने सूचनामा जानकारी दिएको छ |


प्रतिकृया दिनुहोस्