
पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँट ठूूलो चुुनौती बनिरहेको खबर आइरहँदा नेपाली कांग्रेसको संस्थापन इतर पक्ष भने आन्तरिक छलफलमा जुुटेको छ । शेखर समूूहले आज दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा ख’बर दारी भेला गर्ने लागेको छ।
‘हामीले यस अघि पनि ख’बरदारी भेला गरेका थियौँ । तर, त्यो कुरामा सम्बोधन भएको छैन । आज हामी वि’द्रोह गर्ने गरि निर्णायक भेला गर्दैछौँ’ महासमिति सदस्य क्षितिज भण्डारीले भने, ‘हामी एमालेसँग
तालमेल गरेर उम्मेदवारी दिने मनस्थितिमा छौँ ।’यस अघि पनि आफूहरूले राखेको बिषयमा संस्थापन पक्षले चासो नदिएको उनले आ’रोप लगाए । यस अघि असोज ८ गते पनि शेखर पक्षले भेला आयोजना गरेको थियो ।
उक्त भेलामा नेपाली कांग्रेस नेता भरत खड्काले शेखर कोइराला समूहले ७७ वटै जिल्लामा उम्मेदवारी दिने हैसियत राख्नुपर्ने बताएका थिए ।‘अहिले सम्म पनि सम्मानजनक रुपमा टिकटकको सुनिश्चितता भएको छैन’
उनले भने, ‘आजको भेलाले त्यसको निकास दिन सक्छ । ’ समानुपातिकमा पनि सम्मानजनक हैसियत नपाएको यो समूहले प्रत्यक्षमा पनि टिकट नपाउने अवस्था सृजना भएको भन्दै वि द्रो’ह हुन सक्ने सङ्केत उनले दिए ।
यता, गठब’न्धनको बैठक आज पनि बस्दै छ । गठब’न्धनले विजया दशमीको दिन पनि छलफल गर्यो तर सहमति जुटाउन सकेन ।स्रोतका अनुसार नेपाली कांग्रेसले प्रतिनिधिसभाकै हाराहारीमा प्रदेशसभामा पनि भाग
खोजेपछि सहमति जुट्न नसकेको हो । हिजो टीका लगाएर बसेको बैठक पनि विना निष्क’र्ष टुंगिएको छ ।हिजो नेपाली कांग्रेसले मुख्यतः एकीकृत समाजवादी र जसपासँग दुई पक्षीय छलफल गरेको तर पनि सहमति हुन नसकेको नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्