
काठमाडौँ, २३ बर्षकी सरिता केसी काठमाडौंको असनमा बिहान र बेलुका चिया बेचेर आफ्नो परिवार चलाई रहेको छ । दिउँसो कलेज पढ्ने र बिहान बेलुका चिया बेच्ने गरेको बताएको हो |
उदयपुर घर भएको सरिता पहिले बसुन्धरामा बेचे पनि बिगत एक बर्ष देखि असनमा चिया बेच्दै आएको छ | जहाँ इच्छा त्यहाँ उपाय, म त यस्तो कारण यो गर्न सकिन भन्नेहरुका लागि उहाँ पक्कै उदाहरण हो ।
उहाँको कुनै पसल छैन, थर्मसमा दुध र कालो चिया हालेर उहाँ कोठाबाट बेच्न निस्किनुहुन्छ । उहाँले यसरी चिया बेच्न थालेको १ बर्ष भयो । त्रिचन्द्र कलेमा पोलिटिकल साईन्समा व्याचलर गरिरहेकी सरिता चिया
बेचेरै महिनाको साढे २ लाख हाराहारी कमाउछन् । आफ्नो भाई पढाउन र आफू पढ्न उहाँ राजधानीमा मेहेनत गरिरहनुभएको छ । साथै आफ्नो परिवारलाई आर्थिक भार नपरोस भनेर आफुले धेरै
लगानी पनि नलाग्ने र कमाइ पनि हुने भएको हुदा यो पेशा रोजेको बताउनु भएको छ । चिया बेच्ने क्रममा बिहेको प्रस्ताब आउछ कि आउदैन भन्ने प्रश्नमा धेरै आउने गरेको बताएको हो |
चिया जस्तै तिमि सुन्दर पनि छन् भन्छ कसैले कसैले मेरो मेहनत देखेर पनि बिहेको प्रस्ताब गर्ने भिडियोमा बताएकी छिन |

प्रतिकृया दिनुहोस्