२६ आश्विन २०७९, बुधबार १८:११

उदयपुर । ७ वर्ष उमेरकी बालिका जवर, जस्तीकरणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । स्थानीय बालिकालाई कर,णी गरेको उजुरी परेपछि जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ ज्यामिरेका दर्पण थारु समातिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार २० वर्षीय दर्पण थारुले आईतबार कर,णी गरी गाउँबाट भागेका थिए । पीडितको जाहेरीपछि फरार रहेका थारुको खोजीकार्य प्रहरीले व्यापक थालेको थियो ।
उनलाई राति घरमा सुतिरहेको भन्ने सुराकको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत डीएसपी राकेश पोदारका अनुसार उनलाई जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी अनुसन्धान थालिएको छ । थारु हाल इप्रका बेल्टारको हिरासतमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्