

काठमाण्डौ
क्रिकेटर सन्दीप लामिछानेले होटलमा किशोरीसँगै बसेको स्वीकारेका छन् ।
नाबालिग ब’ला’त्कार आ’रोपमा प’क्राउ परेका लामिछानेमाथि अहिले प्रहरी अनुसन्धान भइरहेको छ ।
काठमाडौंस्थित प्रहरी वृत्त गौशालाले उनीविरु’द्धको अनुसन्धान अगाडि बढाएको छ ।
गौशालाकै हि’रासत कक्षमा अन्य थु’नुवासँगै सन्दीपलाई पनि राखिएको छ ।
उनीवि’रुद्ध पहिलोपटक सात दिन र दोस्रोपटक पाँच दिन हिरा’सतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरु’द्ध ब’लात्का’रको जा’हेरी परेको थियो ।
सन्दीपले भदौ ५ गते होटेल काठमाडौं इनमा लगेर एक ना’बालिगमाथि पटक–पटक ब’लात्कार गरेको जा’हेरीमा उल्लेख छ ।
भदौ ५ गते राति सन्दीप पीडित किशो’रीसँग सो होटेलमा कोठा नं ३०५ कोठा नं ३०५ प्रवेश गरेको र भोलिपल्ट बिहान बाहिरिएको सीसीटीभी फुजेट प्रहरीले फेला पारेको छ ।
राति ११ बजे प्रवेश गरेर बिहान ६ः५५ मा होटलबाट किशोरीसँगै सन्दीप बाहिरिएको देखिन्छ ।
सन्दीपले आफु नि’र्दोष रहेको दाबी गर्दै आएका छन् । पी’डित किशोरीलाई माइती नेपालको संर’क्षणमा राखिएको छ ।
उनलाई परिवारका सदस्यलाई पनि प्रहरीको उपस्थितिमा मात्रै भेट्न दिइएको बताइएको छ ।
सन्दीपले प्रहरीसँगको साबिती बयान उद्धृत गर्दै प्रहरी अधिकारीहरु भन्छन्,“म माथि आ’रोप लगाउनेसँग होटलमा गएको सँगै बसेको सत्य हो ।
तर ब’ला’त्कार गरेको आ’रोप झुटो हो । राति बसेर बिहान निस्किएका हौं ।”
यसबाहेक सन्दीपले क्रिकेटमै संल’ग्न व्यक्तिहरुले पनि आफुविरु’द्धको योजना बनाएको दाबी गर्दै आएका छन् ।
उनले आफुमाथि आरो’प’ लगाउने कै आग्रहमा होटलमा बसेको बताएको पनि एक अधिकारीले दाबी गरे ।
जा’हेरी परेको समयमा सन्दीप जमैकामा थिए । उनले सामाजिक सञ्जालमार्फत आफूमाथिको आ’रोप अस्वीकार गर्दै आएका छन् ।
आफूमाथि आ’रोप लागेको एक महिनापछि सन्दीप अमेरिकाबाट नेपाल फर्किएका थिए ।
प्रहरीले उनलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै निय’न्त्रणमा लिएको थियो ।

प्रतिकृया दिनुहोस्