७ कार्तिक २०७९, सोमबार २१:१६

गाईघाट, तिहारको आज महत्वपूर्ण दिन गाईघाट बजार झिलीमिली बनेको छ। दशैंपछि दोस्रो ठूलो पर्व यमपञ्चक अर्थात् तिहार कात्तिक ५ गतेदेखि नै प्रारम्भ भएको छ।
आइतबार कागको पूजा गरिएको छ भने सोमबार कुकुरतिहार मनाइँदै छ।तिथिको घटबढका कारण सोमबार नै लक्ष्मीपूजा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
विशेष गरेर लक्ष्मीपूजाको साँझ दीप प्रज्वलन गरेर झिलिमिली पार्ने गरिन्छ। आज गाईघाटमा पनि आफ्नो घर घरमा रंगोली बनाएर लक्ष्मी पुजा गरेको छ ।घर,पसलमा आज
झिलिमिलीले सजिएको छ। उदयपुर सदरमुकाम गाईघाट बजार यति बेला झलमल्ल बलेको छ । लक्ष्मीपूजालगत्तै भैली खेल्नेहरूका समूहहरु बजारमा देखिन थालेको छ ।


प्रतिकृया दिनुहोस्