
गाईघाट, उदयपुरका तिन साईकल यात्रीहरु आज चौथो दिन कैलालीको अत्तरिया कटेको छ । यात्री आङ पासाङ सेर्पाले अत्तरिया कटे र
कुसुमा पुग्न लागेको बताउनु भएको हो । सेर्पाले दैनिक १५० किलो मिटर बिहान देखि बेलुका सम्म साइकलिङ्ग यात्रा गरि रहेको पनि बताउनु भएको छ ।
मेची महाकाली २०२२ का लागि साईकल यात्रामा निस्किएका हुन् । उदयपुर जिल्ला साइकलिङ्ग संघले कार्यक्रम आयोजन गरेको हो ।साईक्लिङ संघको सदस्यहरु त्रियुगा
नगरपालिका ७ चुहाडेका आङ पासाङ सेर्पा, त्रिनपा ११ का अबैध नारायण चौधरी र त्रिनपा १० का कृष्ण अधिकारीलाई गाईघाट बाट विदाई गरिएको हो ।
त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार वस्नेत, प्रमुख प्रशासकीय अधिकृत मान वहादुर वन, त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईली र उदयपुर जिल्ला साईकलिङ
संघका अध्यक्ष जितु रोईला लगायतले खादा र अबिर लगाएर विदाई गरेको हो । यात्रा माहाकाली देखी सुरु भई मेचि पुलमा आएर अन्त्य हुने जनाईएको छ । पश्चिमको माकालीको चाँदनी दोधारा बाट
सुरु गरी मेचीको मेचि पुलमा आएर यात्रा अन्त्य हुने नगर प्रमुख बस्नेतले बताउनु भयो ।विदाई गर्दै नगर प्रमुख वस्नेतले तिनै जना यात्रीहरुलाई सफल यात्राको कामना गर्नु साथै मेचीमा स्वागत गर्न तयार रहेको बताउनु भयो ।

प्रतिकृया दिनुहोस्