
कती सजिलै खेलिदिन्छन मानिसले मानिसको मन सङ्ग । कती सजिलै खेलिदिन्छन ति चोखो भावनाहरुलाई । भावनाको कुनै कदर छैन ।
कृष्णलाई मेरो भावनाको कदरनै थिएन ।
मेरो समयको कुनै महत्वनै थिएन । सायद मेरो पनि महत्व थिएन उस्को जीन्दगिमा र त झुक्कायो मलाई ।म पहिलो पल्ट रोए ,कोइ केटाको कारण रोए । मन दुखेर रोए । धेरै बेर रोए ।
सायद यही उपहार दिन बोलाएको थियो कृष्णले मलाई त्यहाँ । त्यसैले त उ आएन । सायद उस्को मनमा मेरो निम्ती मायानै थिएन कि ?म आफुलाई सम्हाल्न थाले । दुखेको मनलाई औषधी लगाउन थाले ।
मैले कृष्णबाट धेरै टाढा हुने निर्णय लिगे । मलाई अब उस्को समिप जानु थिएन । उस्लाई मेरो प्रेम देखाउनु थिएन । बेर्थै फेरी फेरी मन दुखाउनु थिएन ।दिन बित्दै गए । उस्ले दिएको चोट झन झन बल्झियो ।
बिर्सन खोजे कृष्ण अनि कृष्ण सङ्ग जोडिएको सबै यादहरु, नया अनि पुराना, सुन्दर अनि कुरुप सबै यादहरु ।यादहरुले आखिर पिडानै त दिदो रहेछ , चाहे त्यो याद सुखको होस वा दुखको ।
मलाई पनि दुखाउथ्यो, अनि कहिलेकही रुवाउथ्यो ।हप्तौ बित्यो, तर कृष्णको खबर पनि आएन । न त उ मलाई खोज्दै आयो । म बिश्वासत भए कि उस्लाई मेरो कुनै वास्तानै थिएन ।
म पनि कस्तो मुर्ख , जस्ले मेरो वास्ता सम्म गरेन्, उसैलाई प्रेम गर्दै बसे, उसैलाई दिलको राजा बनाउदै बसे । अनि उस्ले मलाई धुलो जस्तै गर्यो । मेरो मनमा यस्तै कुरा हरु चलिरहन्थ्यो ।
मन जलिरहन्थ्यो ।यसै गरी महिनादिन बित्यो । भुलाएर पनि भुल्न सकेको थिइन कृष्णलाई ।बिहानिको खाना खाएर , घास काट्न बारी तिर गए । मनमा अनेकौ कुरा खेलाउदै गए ।
बाटो हिड्दा उनि सङ्गै हिडेका पल हरु याद आउथ्यो । नरमाइलो मान्दै गए । बारिमा बसेर घास काट्दै थिए ।मेरो आँखा अचानक पर बाट आउँदै गरेको मानिसमा पर्यो ।
सेतो सर्ट अनि सेतो पाइन्ट । सेतो क्याप लगाएको । हेर्दा कृष्ण जस्तै देखिन्थ्यो । एकैछिन नियालेर हेरे । नभन्दै त्यो मानिस कृष्णनै थियो ।अचानक मनको धड्कन अड्केझै भयो ।
उस्लाई देख्नेबित्तिकै सबै कुरा याद आयो । थाहा छैन किन रिस पनि निकै उठ्यो अनि आँखा बाट आशु झर्यो । उन्ले देख्लान कि झै लाग्यो । त्यसैले म लुके । मलाई उ सङ्ग बोल्नु नै थिएन ।
उस्लाई भेट्नु थिएन । त्यसैले उ बाट लुके । उस्ले नदेखोस भनेर ।उ सरासर आफ्नो बाटो गयो । मलाई देखेन । तर उ पर पुग्दा सम्म पनि उस्लाई हेरिरहे । ।माया गरेको मानिसले जती चोट दिदा पनि माया गर्न छोड्दो रहेनछ मनले ।
उ दुब्लाएको झै देखिन्थ्यो । आँखा पनि गाढिएको । गलेको मुहार । कता कता माया लागेर आयो । तर माया देखाउन चाहिन । मनको माया मनमै लुकाए । आशु सङ्गै उन्लाई हेरिरहे ।
उन्लाई देखेपछी , मनको घाउ झन ठुलो भयो । झन ताजा भयो । घास सङ्गै दुखेको मन बोकेर फेरी घर गए । त्यो रात पनि आशु खस्यो, निस्ठुरिको यादमा, निस्ठुरिले दिएको उपहार चोटमा ।
त्यस्को भोलिपल्ट , म बजार गएर आउँदै थिए । आमाले घरको लागी सामान लिन पठाउनु भएको जो थियो । बाटोमा अचानक कृष्णले बोलायो ” राधा । “मैले उस्को आवाज चिने । म टक्क अडिए ।
पछाडी हेरे । म भन्दा केहि पाइला मात्रको दुरिमा कृष्ण उभिएको थियो । धड्कन तेज भयो । मुहार रातो भयो । म केहि बोलिन । केहि नबोलेर म त्यहाँ बाट हिड्न लागे ।कृष्ण मेरो पछी लाग्यो ।
म उस्ले नभेटोस भनेर झन झन छिटो हिड्न थाले । उस्ले मलाई बोलाउदै मेरो पछी पछी आउँदै थियो । अनि म भाग्दै थिए उ देखी पर । मन मनै प्रार्थना गर्दै थिए कि उस्ले मलाई नभेटोस।निरन्जन ढकाल “जमुना पोखरेलको फेसबुक वाल बाट लिएको कथा :- राधा : भाग :- ९”

प्रतिकृया दिनुहोस्