
गाईघाट / उदयपुर मेडिकल कलेज तथा अस्पतालको लागि बिस्तृत प्रतिबेदनको बिषयमा छलफल भएको छ । त्रियुगा नगरपालिकाको सभा हालमा छलफल भएको हो ।
छलफलमा त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेत, उप-प्रमुख महेस्वोरी राई, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बन लगाएतको उपस्थिति रहेको थियो । स्थानिय सरकार, प्रदेश सरकार र
पूर्वाधार बिकास बैंक ( NIFRA ) को लगानी रहेने भएको हुदा छलफलमा निफ्राका प्रतिधिनी र प्रदेश लगानी प्राधिकरणका प्रतिनिधि पनि उपस्थिति रहेको थिए । ( DPR ) प्रयोजनका लागि आबश्यक
कागजातहरु तयार गर्न परामर्शदाता चयन गर्न र बिस्तृत प्रतिबेदन बनाउन बैठक बसेको नगर प्रमुख बस्नेतले बताउनु भएको छ । बस्नेतले उदयपुर मेडिकल कलेज तथा अस्पताल

छिमेकी जिल्लाहरु लगाएत नेपाल भरिलाई मध्ये नजर गरेर तयार गर्ने बताउनु भएको हो ।अस्पताल बने पछि त्रियुगा नगरको विकासमा टेवा पुग्ने र अकालमा कुनै पनि बिरामीले ज्यान
गुमाउनु नपर्ने बस्नेतले बताउनु भएको छ । DPR तयारीलाई सहजीकरण गर्न तिन सदस्यसमिति गठन गरेको नगर उप-प्रमुख महेस्वोरी राईले बताउनु भएको छ । समितिमा प्रदेश लगानी
प्रबिधिकरण संयोजक, त्रियुगा नगरपालिका कार्यालय सदस्य र नेपाल पूर्वाधार बिकास बैक सदस्य सचिब रहने गरि निर्णय गरेको राईले बताउनु भएको हो ।

( DPR )तयारी गर्नको लागि फिल्डमा सम्बन्धित बैकका प्रबिधिकरण र त्रियुगा नगरपालिकाका कार्यालयले उपयुक्त कर्मचारीलाई खटाउने प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बनले बताउनु भएको हो

प्रतिकृया दिनुहोस्