
गाईघाट / नेपाल प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचनमा होमिएको छ । देशै भर गठबन्धनको लहर चलेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी र रास्ट्रीय जनमोर्चा पाच दलिय गठबन्धन रहेको छ ।
नेपाल भर गठबन्धनको भागभन्डा गरि रहदा उदयपुर क्षेत्र न.१ मा प्रतिनीध सभा नेपाली कांग्रेस प्रदेश ( क ) माओवादी केन्द्र र प्रदेश ( ख ) नेपाली कांग्रेसको भागमा परेको छ ।
प्रतिनीध सभामा पररास्ट्र मन्त्रि डा. नारायण खड्का उम्मेदवार रहेको छ भने प्रदेश ( क) मा राजन किराती ( बासु ) प्रदेश ( ख ) मा नेपाली कांग्रेस उदयपुर जिल्ला पार्टी सभापति तथा प्रदेश न. १ भौतिक पूर्वाधार मन्त्रि हिमाल कार्की रहेको छ ।
हिमाल कार्की मन्त्रि भए एता आफु निर्वाचित क्षेत्रमा (आ/ब २०७९/२०८०) पूर्वाधार विकास कार्यालय मार्फत करिब डेढ सय योजनाहरु रहेका छन् हाल उक्त
योजनाहरु मध्य कतिपय योजनाको ठेक्का प्रक्रिया अघि बढि सकेको र बाकी योजनाहरुको प्रारम्भीक स्टमेट तयार भैरहेको कार्यालय प्रमुख यादवले जानकारी दिनु भयो ।
त्रि.न.पा ५ र ६ देउरी-श्रीपुर-दमौती-बुर्जाकन्ला-लालपता- पात्लेबास हुदै घनचक्रे सडकलाई रु ५ करोड बजेट बिनियोजन भएंको छ । तेस्तै त्रि.न.पा ४/५/६/८/९ दिपुटोल उत्तर भोट खोला पानी
टंकी खाट मन्दिर झोरा गगन टोल देउरी-श्रीपुर पानी टंकी पुष्प बाटिका लाइन टोल बगाहा चोक सडकलाई रु ४ करोड बहु बर्षीय योजना अन्तर्गत बजेट बिनियोजन भएंको बताउनु भएको छ ।
तेस्तै उदयपुर गाईघाट – रसुवाघाट पाच पन्धारे सडकलाई रु ४ करोड बहु बर्षीय योजना अन्तर्गत बजेट बिनियोजन भएको पनि मन्त्रि कार्कीले बताउनु भएको हो ।
एक आर्थिक बर्षमा करिब डेढ सय योजना ल्याउन सफल भएका मन्त्रि हिमाल कार्कीलाई सम्पूर्ण त्रियुगा नगर बासीले धन्यवाद दिनु पर्ने नेपाली कांग्रेसका त्रियुगा नगर उप-सभापति
उमेश बुढाथोकीले बताउनु भयो ।माथि उल्लेखित योजनाहरु प्रतिनिधि पात्र हुन् यस्ता योजनाहरु त्रियुगा नगरको सबै वडामा रहेको पनि बताउनु भयो ।
पूर्वाधार मन्त्रि हिमाल कार्की विकासवादी नेताको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको युवा नेता धन बहादुर कटुवाल ( डीबी )ले बताउनु भएको छ । त्रियुगा वडा न.५/६/११/९ जस्तै वडा न. १३/१४/१५/१६ मा
करौडोको योजनामा बजेट बिनियोजन गरेको कटुवालले बताउनु भएको हो । उदयपुरमा गठबन्धनको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले नै रहेको पनि बताउनु भयो।

प्रतिकृया दिनुहोस्